सिम्ताको बजेट ४५ करोड ६० लाख, सुशासन र रोजगार प्राथमिकतामा


सुर्खेत, ११ असार ।
सिम्ता गाउँपालिका सुर्खेतकाे गाउँ सभाले ४५ करोड ६० लाख ६४ हजारको वजेट सार्वजनिक गरेको छ । बुधबारदेखी सुरु भएको गाउँ सभाको उद्घाटन सत्रमा अध्यक्ष कविन्द्र कुमार केसीले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कोरोनाबाट सृजित अवस्थालाई सामान्यिकरण गर्न र रोजगारमुखी साथै उत्पादनमूलक क्षेत्रमा हावि हुने खालको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको छ ।
विकास, सुशासन र रोजगारीलाई उच्च प्राथमिकतामा राखिएको अध्यक्ष केसीद्वारा प्रस्तुत नीति तथा कार्यक्रम उल्लेख छ । त्यसैगरी उपाध्यक्षले चन्द्रकला शाहिले दुर्त मार्ग, चक्रपथमा १ करोड, प्रशासनिक भवनमा २ करोड ५० लाख, वडा कार्यालय भवन १ करोड, आर्थिक विकास १ करोड, पुर्वाधार विकास ५० लाख, संख्यागत विकास ३० लाख, कोभिड–१९ तथा विपद् व्यवस्थापनमा २ करोड, सामाजिक विकासमा १ करोड ५० लाख गरि ४५ करोड ६० लाख ६४ हजार ६ सय ४० बजेट सभामा प्रस्तुत गर्नुभएको छ ।
गाउँ सभा उद्घाटनपछि अब १५ दिन लगातार दफावार छलफल चल्ने जनाइएको छ । गाउँ, बस्ति र टोलटोलबाट आएका योजनालाई गहन तरिकाले अध्ययन गरी परिमार्जनसमेत गर्न सकिने जनाएको छ ।