चौकुने गाउँपालिकाको बजेट करिव ४४ करोड


सुर्खेत, ११ असार । चौकुने गाउँपालिका सुर्खेतको आठौं गाउँसभाले करिव ४४ करोडका बजेट सार्वजनिक गरको छ । बुधवारदेखी सुरु भएको गाउँसभामा गाउँपालिका उपाध्यक्ष निर्मला रानाले आर्थिक वर्ष ०७७÷७८ को लागी ४३ करोड ८० लाख २६ हजार ४ सय ८० बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।
गाउँसभाले नेपाल भारत सिमानामा तारबार गर्ने पर्सा जिल्लाको ठोरी गाउँपालिकालाई एक लाख आन्तरिक स्रोतबाट दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बताउनु भयो ।
लघु जलविद्युत र सोलार उर्जाको आयोजनाको सम्भाव्यता अध्ययन गर्ने, सम्भाव्य योजनाहरुमा सोलार प्रविधि जडान गरी भेरी र कर्णाली नदिको विचमा रहेको यस गाउँपालिकामा सिचाई र खानेपानी सेवा विस्तार निति तथा कार्यक्रममा उल्ल्ेख गरिएको छ ।
जलस्रोतको प्रचुर स्रोत भएका ठाउमा लघु हाईड्रो योजनाहरुको सम्भाव्यता अध्ययन गरिने, र यस वर्ष रेवती जलविद्युत आयोजना, टुनीखोला लघु जलविद्युत आयोजना, वसेरीखोला जलविद्युत आयोजना, घोक्रेखोला लघु जलविद्युत आयोजना, सञ्चालन गर्न वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसंगको लागत साझेदारीमा सम्पन्न गरिने जनाईएको छ ।
लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर सडकदेखि सदनसम्म सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने भन्दै विरोधको आवाज उठिरहेको बेला पर्साको पश्चिमी क्षेत्र ठोरी गाउँपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष सूर्य लामाले भारतको विहारसँग सीमा जोडिएको वडा–३ अन्तर्गत पर्ने ठुटेखोला नजिकैको पिल्लर नम्बर ४३५÷१ देखि ४३१÷४ सम्मको करिब ५ किलोमिटरको दूरीमा काँडेतार लगाउनु भएको थियो । यसैगरी गाउँसभाले देशको सिमा रक्षा गर्ने नेपाली सेनालाई समेत एक लाख दिने निर्णय गरेको छ ।