गुर्भाकोट नगरपालिकाको बजेट ६३ करोड, रोजगारी र पूर्वाधार प्राथमिकतामा ‍

सुर्खेत । ११ असार । सुर्खेतको गुर्भाकोट नगरपालिकाको लागि ६३ करोड २ लाख १७ रुपैयाको बजेट सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०७७ ७८ का लागी विनियोजन गरिएको बजेटमा चालु तर्फ ८ करोड ७९ लाख ८५ हजार र पूँजीगततर्फ २२ करोड ८० लाख ३२ हजार रुपैया रहेको छ । यस्तै संघीय सरकारबाट सशर्त अनुदानस्वरुप नगरपालिकालाई ३१ करोड ४२ हजार रुपैया प्राप्त भएको छ ।

बजेटको पूर्णपाठ यस्तो छ ।

गुर्भाकोट नगरपालिका सुर्खेतको सातौं नगरसभामा प्रस्तुत आ.व. २०७७।०७८ को बजेट तथा कार्यक्रम

सभाका अध्यक्ष ज्यू

शहिदहरुको सपना र नागरिकको संघर्ष तथा मेहनतवाट प्राप्त नेपालको संविधान, २०७२ ले गरेको संघीय व्यबस्थानुसार गुर्भाकोट नगरपालिकाको सातौ नगरसभामाआ.व.२०७७।०७८ को वजेट तथा कार्यक्रम यस गरिमामय सभामा प्रस्तुत गर्न पाउदा ज्यादै खुशी लाग्नु स्वभाविकै हो ।
प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको प्राप्ती रकर्णाली प्रदेश स्थापनार्थ शहिद हुनुहुने ज्ञात÷अज्ञात शहिदहरु प्रति भावपूर्ण श्रद्धानजली प्रकट गर्न चाहन्छु, साथै उक्त आन्दोलनमाघाईते हुनुहुनेहरु प्रति स्वास्थ्य लाभको कामना गर्दछु ।
१. साविकमा सुब्बाघाट गंगामाला नगरपालिका,सहारे,मालारानी र धारापानी गा.वि.स.मिलेर यस नगरपालिकाको निर्माण भएको सवैलाई जानकारी भएकै छ । २२८.६० वर्ग कि.मि. क्षेत्रफल फैलिएको यस नगरपालिकामा २०६८को जनगणना अनुसार४३हजार ७ सय ६५ जनसंख्या रहेकोमा जनसंख्या वृद्धि एवं बसाई सरी आउने कारणलेहाल करीव ५०हजार भन्दा वढी नागरिकको वसोवास गरेको अनुमान गरिएको छ ।
१४ वटा वडामा विभाजित यस नगरपालिकामा विभिन्न भुगोल रहेका वडा मध्ये वडा नं. ३,१,५ पुरैभागर वडा नं.२,१४,११,१२ को केहि भाग उच्च पहाडी भिरालो जमिनले मिलेर वनेको व्यहोरा यहाँहरुमा जानकारी भएकै अवस्था रहेको छ। भिरालो,उच्च पहाडी भागमा नगरवासीले सहज जिवनयापन गर्न, विकास निमार्ण गर्न कम चुनौति छैन ।यस्ता वडामा वस्ने नगरवासीहरुको मुहार उज्यालो वनाउन समेत नजिकको जिम्मेवारी निकाय गुर्भाकोट नगरपालिका हो भन्दा अतिसयुक्ति हुदेैन जस्तो लागेको छ ।

सभाध्यक्ष महोदय

आ.व.२०७७।०७८ को वजेट तथा कार्यक्रम प्रस्तुत गर्नुपूर्व हालसम्मको विद्यमान अवस्थामा नगरपालिकावाट भएका प्रगति एवं चालु आ.व.को बजेट तथा कार्यक्रम र अन्य पक्षमा छोटो समिक्षा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
१. चालु आ.व.२०७६।०७७ का लागि ५८ करोड ४१ लाख १७ विनियोजन गरिएकोमा संशोधित अनुमान ५० करोड ८६ लाख २४ हजार मध्य चालु खर्च १० करोड ७७ लाख ८४ हजार र पुँजीगत खर्च १८ करोड ३० लाख ८५ हजार हुने अनुमान गरेको छु ।

२. सबल पक्ष
क.स्थानीय तहका जनप्रतिनिधिको निर्वाचन गर्ने क्रममा यस नगरपालिकाको मिति २०७४ बैशाख ३१ गतेमा निर्वाचन सपन्न भै मिति २०७४।०२।०८मा कार्यपालिको पहिलो बैठकबाट यस नगरपालिकाका सवै वडाका वस्तीमा सडक यातायातले जोड्ने संकल्पकासाथ निर्णय गरिएको यहाँहरुमा स्मरण गराउन चाहन्छु ।

हालसम्म अति कठिन भुगोल भएका वडा नं.११ को (वर्मगार,आंपगैरा), वडा नं.३ को टिमुरे लगायतका क्षेत्र,वडा नं.५ को वेतेनी, कुर्मी तथा निग्लेनीक्षेत्र लगायतका अति असहज क्षेत्रमा समेत सडक यातायातवाट जोडिई सकेको छ । नगरका अधिकांश वस्तीमा सडक यातायात पुर्याइसकिएको अवस्था रहेकोछ ।

चालुआर्थिक वर्षको अवधिसम्म सडकको नयाँ ट्रयाक १७.१. कि.मि., ग्राभेल सडक १८.८कि.मि., खानेपानी ९ वटा योजनाको १३ कि.मि., सिचाई ३.४ कि.मि., विद्यालय भवन ८ वटा, विद्यालय शौचालय ३ वटा, मठ मन्दिर २ वटा, सिचाँई पोखरी १ वटा निर्माण गरी सकेकाले प्राप्त श्रोत र साधनका दृष्टिले ठूलो उपलब्धिका रुपमा लिन सकिन्छ । अवको कार्य सडकको स्तरोन्नतीतर्फ जोड दिनुपर्ने अवस्था छ ।
३. स्थानिय सरकार गठन पश्चात नागरिकले ठूलो ईच्छा र अपेक्षा गरेको अवस्था रहेको छ । लामो समयको जनप्रतिनिधि विहिन अवस्थावाट नगरपालिकाले प्रतिनिधि छनौट गर्न पाउदा नागरिकमा हौसला र अपेक्षा रहनु अस्वाभाविक पनि होईन ।
यस सरकारको गठन पश्चात कार्य स्थलमा भौतिक पूर्वाधारको अभाव (कार्य संचालनका लागि नगरपालिका भवन,वडा कार्यालय भवन) त्यसै गरी कानून, नियामावली, कार्यविधि लगायत निर्माणमा समेत शुन्यवाट शुरुगर्दा काममा केहि अन्यौलता जस्तो श्रृजना नभएको पनि होईन । अतःयस्तो अन्यौलता चिर्न ठूलो मेहनतका साथ हामी सफल भै सकेको यहाँहरुमा जगजाहेर छ ।
४. चालु आ.व.को दोश्रो चौमासिक अवधि २०७६ माघमा पहिलो पटक नेपालमा देखा परेको तथा विश्वका मानव जातिलाई समेत आतंकित पार्नेगरी कोभिड १९ को संत्रासवाट नागरिकलाई बचाउन नेपाल सरकारवाट २०७६ चैत्र ११ देखि पुरै देशलाई वन्दावन्दी घोषणा गरी हाल केहि खुकुलो भए पनि लगातार जारी रहेको छ ।
यस नगरपालिकाका नगरवासी विभिन्न पेशा, व्यवसाय गर्न अन्तर जिल्ला एवं छिमेकी मुलुक भारत लगायत अन्य देशमा गएको अवस्थामा कोभिड १९ को कारण रोजगारी गुमाई नगरवासी फर्की आउदा कोरोना संक्रमित भएर आउने प्रवल सम्भावना भएकाले पूर्व सावधानी केन्द्र (क्वारेन्टाइन) तयार गरी संचालनमा ल्याईएकाले मानवीय क्षति हुनवाट हालसम्म वचाउन सकिएको व्यहोरा यस सम्मानित सभालाई जानकारी गराउन चाहन्छु ।
सिमित श्रोत र साधन भएको यस नगरपालिकाका नागरिकलाई बन्दाबन्दी (लकडाउन) को समयमा भोकभोकै मर्न नदिन राहत कार्यक्रम संचालन गरिएकोमा३४४५ परिवारका १२६१२ जना लाभान्वित भएका छन। अर्को तर्फ संक्रमित स्थानवाट फर्केका नागरिकवाट समाजमा कोरोना महामारी फैलिन नदिन क्वारेन्टाइनव्यवस्था गरिएको छ । सिमित श्रोत साधनका कारण त्यसको व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो ।
कोरोना पोजेटिभ (कोभिड १९)का लागि आइसोलेसन कक्ष समेतको व्यवस्थापन तथा संचालन गरिएकाले कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारमा सक्दो प्रयास जारी रहेको निवेदन गर्न चाहन्छु ।
५. गुर्भाकोट नगरपालिका वडा नं.२को ऐतिहासिक मालारानी गुफाको विकास,संरक्षण,सम्वद्र्धन गर्न यस आ.व.मा सडकको स्तरोन्नती,गुफा भित्रको पूर्वाधार विकास, जग्गा व्यवस्थापन,मन्दिर निर्माण र हेरालुको समेत व्यवस्था गरिएको छ ।
६. यस नगरपालिका र सहकारी संस्थाहरुको साझेदारीमा कृषि कार्यलाई यान्त्रिकीकरण गरी उत्पादन लागत घटाउन ३९ वटा मिनीटिलर मेसिन कृषकलाई उपलब्ध गराईएको छ । यसवाट कृषि उत्पादन लागतमा कमि आउने विश्वास गरीएको छ । साथै गरिमा धान र २०७७ बैशाख अन्तमा वडा नं. १४ को सिकारीबास क्षेत्रमा गुहँ तथा जौउबालीअसिना हुरीबतासबाट नष्ट गरेकाले नगरपालिकाले पिडित किसानलाई राहत उपलब्ध गराएको कुरा जानकारी गराउन चाहँछु ।

सभाध्यक्ष महोदय

अव म आगामी आ.व.२०७७।०७८ को वजेट तथा कार्यक्रमकाउद्देश्य र प्राथमिकताकाप्रस्तुत गर्ने अनुमति चाहन्छु ।

“समृद्ध नगर,सुखी नगरवासी” को दिर्घकालीन सोच लिएको यस नगरपालिकाले आ.व.२०७७।०७८ को वजेटमा देहायका उदेश्य लिएको छ।

क) सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारको विकासमा जोड दिई दिगो विकास गर्ने ।

ख) नेपालको संविधान, २०७२ ले व्यवस्था गरेको स्वास्थ्यको मौलिक हक अन्तरगत कोभिड १९ को महामारीवाटनगरवासीको जीवन रक्षा गरी जीवनयापन सहज वनाउने ।

ग) नागरिकको मौलिक हकको रुपमा रहेको स्वास्थ्य, शिक्षा, कृषिमा थप स्रोतको व्यवस्था गरी विकास र संस्थागत सुधार ल्याउने ।

घ) स्थानीय स्तरमा रोजगारीको अवसर श्रृजना गर्ने।

बजेटमा उल्लेखित उद्देश्य प्राप्त गर्न देहायका क्षेत्रगत र कार्यगत प्राथमिकता निर्धारण गरेको छु ।

क) यस नगरपालिका भन्दा वाहिरका स्थानीय तह तथा अन्य जिल्ला र भारत लगायत तेश्रो मुलुकवाट रोजगारी गुमाई फर्केका यूवा जनशक्तिलाई रोजगारी प्रदान गर्न नेपाल सरकार,कर्णाली प्रदेश सरकार र यस नगरपालिकाको श्रोत समेतबाट उत्पादन लगायत पूर्वाधार निर्माण तथा विकासवाट प्रत्यक्ष रोजगारी सृजना गर्ने ।

ख) विश्व भर फैलिएको कोभिड १९ वाट बचाउन ओैषधि, स्वाथ्य उपकरण, जनशक्ति परिचालन र पूर्वाधारको व्यवस्था मिलाउने गरी उचित बजेट विनियोजन गरेको छु ।

ग) समावेशी तथा लैंगिक उत्तरदायि वजेट तर्जुमा गरी सामाजिक तथा आर्थिक विकास गर्न सशक्तिकरण, आयआर्जन, पूर्वाधार लगायतका क्षेत्रको विकास र विस्तारमा जोड दिने ।

घ) सवै वडाहरुमा सडकका कच्ची ट्रयाक खोल्ने अधिकांस कार्य सम्पन्न भै सकेकाले यातायातका साधन बा¥है महिना चल्ने व्यवस्था मिलाउन सडकको स्तरोन्नती तर्फ जोड दिने ।

ङ) पर्यटन प्रर्वद्धन गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी श्रृजना गर्न यस नगरका पर्यटकीय क्षेत्र देउतीबज्यै मन्दिर, गुमी चुली,कोट,खटाङ,मालारानी गुफा लगायतका महत्वपूर्ण पर्यटकीय स्थानको प्रचारप्रसार र संरक्षणमा जोड दिने ।

सभाध्यक्ष महोदय

अव म आ.व.२०७७।०७८ का क्षेत्रगत प्राथमिकताका आधार प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

क. सामाजिक क्षेत्र

१) शिक्षा क्षेत्र

शिक्षाको क्षेत्रमा सुधार गर्न शिक्षा नीति तयार गरी चालु सभामा पेश गरीने छ ।

वालमैत्री विद्यालय बनाउन भौतिक पूर्वाधार लगायतका क्षेत्रमा आयोजना संचालन गर्ने ।

प्रारम्भिक वाल कक्षाका वालवालिकाको पढाईमा सुधार ल्याउन चालु आ.व.मा पिफम तथा कार्पेटको व्यवस्था गरी कक्षाकोठामा बसाइ व्यवस्थापन गर्ने, छापामय कक्षा तथा टेवुलको व्यवस्था गरि शिक्षण सिकाई उपलब्धिमा सुधार ल्याउने ।

सामुदायिक विद्यालयका भौतिक पूर्वाधारहरु (भवन, शौचालय, कम्पाउण्ड घेरावार) लगायतका कार्यमा संघीय सरकार, कर्णाली प्रदेश सरकार समेतको अनुदान र साझेदारीमा निर्माण हुने गरी बजेट विनियोजन गरिएको छ ।

सामुदायिक विद्यालयमा कार्यरत वालकक्षाका स.का., विद्यालय कर्मचारीलाई थप प्रोत्साहन गर्न विद्यार्थी संख्याका आधारमा पढाई व्यवस्थापन अनुदान उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिएको छु। यसका लागि सशर्त वाहेक थप कार्यक्रम संचालनका लागि समेत रु १ करोड ६०लाखविनियोजन गरिएको छ।

विद्यालयमा खेलकुद क्रियाकलापहरुलाई प्रोत्साहन गर्न मेयरकप,नयाँ वर्ष खेलकुद कार्यक्रम संचालन गर्ने गरीरु १५ लाख विनियोजन गरेको छु ।

२) स्वास्थ्य क्षेत्र

विपन्न नागरिक स्वास्थ्य उपचार कोषको स्थापना गर्ने ।

जेष्ठ नागरिक तथा एकल महिलालाई स्वास्थ्य सेवामापहुँच तथा सहयोग पुर्याउन घरदैलो कार्यक्रम सञ्चालन गर्ने ।

गर्भवती जिवन रक्षा कार्यक्रम संचालन गर्ने ।

वर्थिङ सेन्टर सुधार कार्यक्रमलाई निरन्तरता दिईएको ।

निशुल्क औषधि उपचारका लागि औषधि खरिदको व्यवस्था गर्ने ।

स्वास्थ्य सेवाको पहुच नपुगेका स्थानमा संचालित शहरी स्वास्थ्य केन्द्रमा जनशक्ति व्यवस्थापन कार्यक्रम लाई निरन्तरता दिइएको।

स्वास्थ्य क्षेत्रमा उपरोक्त कार्यक्रम संचालन गर्न रु ९० लाख विनियोजन गरेको छु । त्यसै गरी विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ को सामना गर्न कोभिड १९ कोषमा रु १ करोड ५० लाख विनियोजन गरिएको छ ।यसवाट नागरिकलाई कोभिड १९ को महामारीवाट वचाउन सकिने विश्वास लिईएको छ।

३) महिला तथा वालवालिका

असहाय वालवालिकाको सहयोगका लागि विशेष व्यवस्था गरीएको छ ।

वालविवाह मुक्त नगरपालिका वनाउन सरोकारवालासंग जनचेतना अभिवृद्धी तथा नियम कानूनको पालना प्रभावकारी बनाउने कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएको छु ।

दलित, लोपोन्मुख जनजाती वर्गको आय आर्जन, क्षमता विकास,पूर्वाधार विकास लगायतका क्षेत्रमा आवश्यकता र मागका आधारमा कार्यक्रम तर्जुमा गर्ने व्यस्थागरीएको छ ।

महिला सशक्तिकरण, अपाङ्ग परिचय पत्र वितरण, घुम्ति शिविर संचालन, सहायता सामाग्री वितरण, जेष्ठ नागरिक सम्मान,आदीवासी जनजाती कलासंरक्षण, लोपोन्मुख तथा सिमान्तकृत संरक्षण लगायतका लैगिक तथा समावेशी क्षेत्र लगायतका माथि उल्लेखित कार्यक्रम संचालन गर्न रु ३५ लाख ८३ हजारविनियोजन गरेको छु ।

ख.पूर्वाधार क्षेत्र

नगरपालिका भित्र बेरोजगार भएर वसेका भारत लगायत तेश्रो मुलुकबाट रोजगार गुमाएर फर्केका यूवाहरुलाई रोजगारी उपलब्ध गराई पूर्वाधार क्षेत्रको विकासमा टेवा पु¥याउने गरीप्रधानमन्त्री रोजगार कार्यक्रम र मूख्यमन्त्री रोजगार कार्यक्रमवाट समेत कार्यक्रम अगाडी वढाउने व्यावस्था मिलाईएको छ । यसवाट नगरपालिका भित्रै रोजगारी श्रृजना भै आय आर्जनमा नागरिकलाई सहजता आउने विश्वास लिएको छु ।

यस नगरपालिकावाट रोजगारी सृजना हुने, भारी उपकरण प्रयोग नभई निर्माण हुने योजनामा वेरोजगार जनशक्तिलाई परिचालन गरिने गरी कार्यक्रम तयार गरी आगामी आ.व.देखी नै लागू गर्ने व्यवस्था गरेको छु ।

सडक क्षेत्रमा नयाँ ट्रयाक खोल्ने भन्दा खोलिएका सडक ट्रयाकस्तरोन्नती गरी बाह्रै महिना सवारीसाधन चल्न कार्यक्रमलाई जोड दिईएको छ ।

नगर गौरवका आयोजना निर्माण गर्न प्राथमिकतामा दिई कर्णाली प्रदेश सरकार र संघीय सरकारसंगको साझेदारीमा निर्माण गर्ने गरी बजेट विनियोजन गर्ने व्यवस्था मिलाएको छु।उल्लेखीत योजना निर्माण गर्न रु ६करोड ५० लाख विनियोजन गरेको छु ।

ग) सिचाई खानेपानी

कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न पानीको स्रोत भएको स्थानमा सिचाई नहर निर्माण गर्ने र भूमिगत पानीको श्रोत भएको स्थानमा ट्यूबवेल वोरिङवाट सिंचाई गर्ने कार्यलाई प्राथमिकतामा राखी योजना तथा कार्यक्रम तय गरिएको । यस नगरपालिमा पानीको श्रोत भएका अधिकांस क्षेत्रमा सिचाई सुविधा पुर्याउने गरी प्राथमिकतामा कार्यक्रम सञ्चालन गरिनेछ ।

यस नगरपालिकामा पानीको अभाव भएको क्षेत्र वडा नं.६,७,८,९ लाई शुद्ध पिउने पानी पुर्याउन शुभाघाट वृहत शहरी खानेपानी योजना निर्माणाधिन अवस्थामा रहेको छ भने वडा नं.१०,११,१२,१३,१४ का नगरवासीलाई शुद्ध पिउने पानी पुर्याउन गंगामाला वृहत शहरी खानेपानी योजना नेपाल सरकारबाट स्वीकृत भै सकेको साथै वडा नं.२,४का लागि सुख्खा क्षेत्र खानेपानी आयोजनावाट सम्भाव्यता अध्ययन भई स्वीकृतीको चरणमा रहेको छ । साना खानेपानी आयोजनाहरु यस नगरवाट सम्पन्न गर्ने गरी कार्यक्रम अगाडी वढाउने गरी वजेट विनियोजन गर्दै आईरहेको व्यहोरा यस सम्मानित सभामा जानकारी गराउन पाउदा खुशि लागेको छ ।

निर्माण भएका भौतिक पूर्वाधार आयोजनाहरुको दिगोपनाका लागि मर्मत सम्भार गर्न कोष व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिइएको छ ।

आयोजनाको अनुगमनलाई नियमित, आकस्मिक र छलफल विधिवाट गर्न वडा तहमा वडा अध्यक्ष र नगरपालिका स्तरमा उप प्रमुखको संयोजकत्वमा समिति गठन गरी नियमित गर्ने कार्यमा निरन्तरता दिईएको छु ।

घ.आर्थिक क्षेत्र

१) कृषि र पशु पालन

कोभिड १९ का कारण नगरमा भारत लगायत तेश्रो मुलुकवाट रोजगारी गुमाएर फर्केका वेरोजगार नागरिकलाई तत्काल रोजगारी सृजना हुन सक्ने सवै भन्दा प्रचुर सम्भावना रहेको कृषि र पशु पालन क्षेत्रमा लाग्ने वेरोजगार कृषकका लागि सहकारी तथा कृषि समुह मार्फत अनुदान, आधुनिक प्रविधि हस्तान्तरण गर्न,उन्नत जातका पशुपालनलाई प्रोत्साहित गरी रोजगारका माध्यामवाट आय आर्जन गर्ने गरी अनुदानका कार्यक्रम समेत तर्जुमा गरीएको छ ।

कृषकलाई पशुपालन वा कृषि क्षेत्रमा सिप र ज्ञान प्रदान गर्न आवश्यकता अनुसार तालीम गोष्ठीको व्यवस्था मिलाईएको छ । साथै वाख्राको खोर सुधार,भकारो सुधार गर्न, कृषि क्षेत्रमा ५० प्रतिशत अनुदानमा धान,गहु, मकै लगायतका खाद्यान्न वाली तथा मसुरो,आलु,तोरी लगायतका उन्नत तथा मुल विउ वितरण कार्यक्रम तर्जुमा गरिएको छ ।

करेसावारी व्यवस्थापन गरी कृषकले ताजा तरकारी उत्पाद तथा बजारीकरणको व्यवस्थाका गर्नका लागि तरकारीको विउ वितरण कार्यलाई निरन्तरता दिईएको छ ।

माथि उल्लेखित कार्यक्रमका लागि यस नगरपालिकावाट रु १ करोड ६० लाख विनियोजन गरेको छु ।

२) उद्यमशिलता

उद्यमका माध्यमवाट रोजगारी सृजना गर्न, वेरोजगार एवं मध्यम तथा उच्च तहको वजारको आवश्यकताको माग सम्वोधन गर्न “उपमेयर उद्यमशिलता कार्यक्रमका” माध्यमवाट सिप उपलब्ध गराउन कार्यक्रमको तर्जुमा गरी यूवाहरुलाई स्वरोजगार बनाउन र उद्योगको प्रवद्र्धन गरी लगानीको वातावरण सृजना गर्ने गरी कार्यक्रम तर्जुमा गरेको छु । यसवाट वेरोजगार यूवाहरुलाई रोजगार वन्न र उद्यम विकासमा टेवा पुर्याउने विश्वास लिईएको छ ।

ङ) पर्यटन
स्थानीय पर्यटकीय क्षेत्रदेउतीबज्यै मन्दिर, गुमीचुली,खटाङ,कोट,हालै पत्ता लागेको मालारानी गुफाको विकास एवंप्रवद्र्धन गरी आन्तरिक वा वैदेशिक पर्यटक आगमन गराई स्थानीय वस्तुको विक्रिवितरण गर्न, होटेल व्यवसाय मार्फत रोजगारी सृजना गर्न कार्यक्रम तर्जुमा गरीएको छ । यसवाट क्रमिक रुपमा रोजगारी सृजना हुने अनुमान गरिएको छ ।

च) सहकारी

सरकारी अर्थतन्त्रको तीनखम्वे अर्थ नीति मध्य एक खम्वाको रुपमा रहेको सहकारी क्षेत्रको विकास र प्रवर्धन, नियमन, अनुगमन गर्न वजेटको व्यवस्था गरिएको छ । यसवाट सहकारी क्षेत्रको विकास, नियमन र प्रवद्धर्न भै सहकारीमा आवद्ध सहकारीकर्मिले लाभ लिन सक्ने विश्वास लिएको छु ।

छ) वातावरण तथा विपद व्यवस्थापन

वातावरण संरक्षण हुने गरी वन क्षेत्रको विकास गर्न सरोकारवालाहरु एवं वन उपभोक्ता समितिसंग अन्तरक्रिया गरी वन संरक्षणमा जोड दिने, फलफूलका विरुवा रोप्ने वा वन नर्सरी निर्माण गरी हरियाली प्रवद्र्धन गरी वातावरण संरक्षण गर्ने कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेको छु ।

दैवी प्रकोप न्यूनीकरण गर्न पूर्वतयारी, प्रतिकार्य तथा पुनःस्थापना कार्य सञ्चालन गर्न तथा आवश्यकता पहिचान गरी सरोकारवालासंग समन्वय गरी तटवन्ध योजना लागु गरिनेछ ।
दैवी प्रकोपवाट पिडित परिवार वा व्यतिलाई तत्काल राहत उद्घारका कार्यक्रम संचालन गर्न कोषको व्यवस्थापन कार्यलाई निरन्तरता दिएको छु ।

शिवनगर,मेहलकुना,वोटेचौर,गैरी वजार,खरीगैरा वजार क्षेत्रमा वस्ती विस्तार हुदै गएकाले उक्त वजार क्षेत्रलाई फोहरवाट मुक्त गराउन उद्योग वाणिज्य संघसंग समन्वय गरी आवश्यक व्यवस्था गर्ने । हाल निर्माणाधिनल्याण्डफिल्ड साईडको पूर्वाधार क्रमागत रुपमा निर्माण गर्ने गरी बजेटको विनियोजन गरेको छु ।

ज) संस्थागत विकास, सेवा प्रवाह र सुशासन

नागरिकको घरदैलोमा सेवा पुर्याउन विषयगत वा एकीकृत घुम्ति शिविर संचालन गर्ने व्यवस्था मिलाएको छु ।

सार्वजनीक सम्पतिको मर्मत सम्भार तथा तंथ्याक अद्यावधी गराई राख्ने कार्यलाई निरन्तरता दिएको छु ।

यस नगरपालिकाबाट अनुदान निकासा हुने सामूदायिक विद्यालय तथा अन्य संस्थाहरुको समयमा नै लेखापरीक्षण गर्ने व्यवस्थालाई कडाईकासाथ लागु गरिनेछ ।

आन्तरीक लेखापरीक्षण तथा अन्तिम लेखापरीक्षणवाट औल्याईएका वेरुजु समयमानै फछर्यौट गर्न तदारुपता दिने व्यवस्था गरेको छु ।

नगरपालिकाका निर्णय लगायत अन्य सूचनाहरु वेभ साइडमा राख्ने, पुस्तक तथा वुलेटिन छपाई गरी नागरिकलाई सूचनाको पहुचमा पुर्याउन आवश्यक व्यवस्था गरेको छु ।

सभाले निर्णय गरेका योजना तथा कार्यक्रम नागरिकलाई जानकारी गराउन पहिलो चौमासिक भित्र नगर विकास योजना पुस्तक छपाई गरी सक्ने गरी व्यवस्था मिलाएको छु ।

सेवा तथा सेवा प्रवाहमा गुणस्तरीयता र पारदर्शिता कायाम गर्न एवं नागरिकको गुनासो सुनुवाई गर्न प्रत्येक चौमासिक रुपमा नागरिकको पहुँच पुग्ने स्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरिनेछ ।

झ) राजश्व अनुमानका आधार

विश्वभर फैलिएको कोभिड १९ का कारण विश्वभरको आर्थिक क्षेत्र तहस नहस भएको छ । यसबाट सिंगो नेपालको अर्थतन्त्रमा असर गरि राजश्व उठाउने क्षमतामा हस आएको छ । त्यसको मारमा यस नगरपालिका समेत अछुतो रहेको छैन । राजश्वको दर र क्षेत्र समेतलाई आधार मानी राजश्व उठ्न सक्ने गरी अनुमान गरिएको छ । करका दरमा वृद्धि गर्ने भन्दा करका दायरा फराकिलो हुने गरी करका दरमा कुनेै फेरबदल गरिएको छैन । त्यसै गरी जेष्ठ नागरिक, एकल महिला,अपाङ्ग,अनाथ वालवालिका सिफारीसमा कर नलाग्ने गरी छुट दिने व्यवस्था मिलाएको छु ।

सभाध्यक्ष महोदय

१. आगामी आ.व. २०७७।०७८ को वजेट, नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कुल रकम रु ६३ करोड २ लाख १७ हजार विनियोजन गरेको छु । चालु तर्फ रु ८ करोड ७९ लाख ८५ हजार पुजिगत तर्फ २२ करोड ८० लाख ३२ हजार हुने सशर्त तर्फ संघीय सरकारबाट ३१ करोड ४२ हजार विनियोजन गरेको छु ।

२. आ.व.२०७५।०७६को यथार्थ आय तथा व्ययर आ.व.२०७६।०७७को संसोधित अनुमानीत आय व्ययको विवरण अनुसूचीमा उल्लेख गरेको छु ।

सभाध्यक्ष महोदय

माथि प्रस्ताव गरिएको वजेट र खर्चको प्रस्तावमा आय तर्फ नेपाल सरकारवाट वित्तिय सम्मानीकरण रु १३ करोड ६७ लाख, राजश्व वांडफाँडवाट रु १० करोड ७५ लाख २ हजार, घरजग्गा रजिष्ट्रेशनबाट रु ८१ लाख, कर्णाली प्रदेश सरकारबाट वित्तिय समानीकरण रु १ करोड २ लाख १५ हजार, राजश्व वांडफांड तर्फ सवारीसाधन कर रु १० लाख ९० हजार, समपुरक अनुदान रु १ करोड ३५ हजार, सशर्त ८० लाख, विषेश अनुदान रु ४० लाख यस नगरपालिकाको आन्तरिक आय रु १ करोड ३९ लाख १० हजार अनुमान गरेको छु ।

यसवाट न्यून हुने रकम रु १ करोड ३० लाख चालु आ.व.मा विनियोजित रकम वचतवाट पूर्ति हुने अनुमान गरेको छु ।

अन्तमा वजेट तयार गर्न सल्लाह, सुझाव प्रदान गर्नुहुने आदरणीय नगर प्रमुख श्री हस्त पुन, राजनैतिक दल, जनप्रतिनिधि, गुर्भाकोटवासी दाजु,भाइ, दिदी, वहिनी, आमा, वुवालाई प्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु । बजेट तयार गर्न महत्वपूर्ण सहयोग गर्नु हुने प्रमुख प्रशासकीय अधिकृतलगायत सवै कर्मचारीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । समृद्ध गुर्भाकोट नगर निर्माणमा सवैको सहयोगको अपेक्षा गरेको छु ।

धन्यवाद ।
मैना वि.क.
नगर उपप्रमुख