एस. आर. आई. प्रविधीबाट धान खेती र फाईदाहरु

लोचन सापकोटा । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । देशको अर्थतन्त्रमा सबै भन्दा बढी योगदान गर्ने एकल बाली पनी हो । नेपालको कुल खेती योग्य जमिन मध्य करिव १४ लाख हेक्टर भन्दा बढी क्षेत्रफलमा खेती हुने यो बालिको उत्पादकत्व अन्य देशको तुलनामा निकै कम रहेको पाईन्छ । बढ्दो शहरीकरण र जनसंख्याको कारण उर्वरा तथा खेतीयोग्य जमिनहरु क्रमश घर घडेरी र अन्य प्रयोजनका लागी प्रयोगमा आईरहेका छन् । जसका कारया खेतियोग्य जमिन घट्दै गएको र माटोको अवस्था बिग्रीदै गएको पाईएको छ । पहिलेको तुलनामा अहिले सिचाई सुविधामा वृद्धी प्रशस्त उन्नत जातका धानहरुको विकास भईरहेको छ भने , धानको उत्पादन र उत्पादकत्व उल्लेखसिनय मात्रामा वेद्धी हुन भने सकेको छैन । स्थानिय विउ प्राङगारिक मल कम पानी र कम खर्च गगरु धानको उत्पादन र उत्पादकत्वलाई वृद्धी गर्ने प्रविधीलाई धान सघनीकृत प्रणाली अर्थात एसआरआई भनिन्छ ।

विंं.सं. २०६१ सालमा मोरङ जिल्लामा चैतै र बर्खे धानमा गरिएको प्रदर्शन र परिक्षणहरुमा यो तरिकारको प्रयोगबाट कान्छी र बौष धानबाट ६ देखी १० प्रति हेक्टर उत्पादन भएको र परमपरागत रुपले धान खेती गरिएको भन्दा १० देखी २५ दिन अगाडीनै पाकेको पाईएको छ । जसका कारया कृषकहरुले धान पछी अर्को बाली दगाउनका लागी छिट्टै हुने गरेको पाईएको छ ।

एसआरआई प्रविधीका सिद्धान्तहरु
१. कलिलो बेर्नाको प्रयोग
यस प्रविधिबाट धान खेती गर्दा कलिको अवस्थाको धानको बेर्ना रोप्नु पर्दछ । अर्थात सामान्यतया ८ देखी १५ दिनको अथवा र पमत १ सुईरो हुदाँको अवस्थामा धानको बेर्ना रोप्नु उपयुक्त मानिन्छ । धानको बेर्नाको गाँज हाल्ने क्षमता ४ दिन देखी विस्तारै बढ्दै गएर ८ देखी १० दिनमा सबैभन्दा बढी पाईन्छ । त्यसपछी विस्तारै घट्दै गई करिव २१ दिनमा सबैभन्दा कम पाईन्छ । धानको बेर्ना सार्दा सकेसम्म बेर्नाको जरामा नोम्सान नगरि जरा सुक्न नदिई सार्नुपर्दछ । बेर्ना रोप्दा धेरै गहिराईमा रोप्नु हुदैँन ।

२. फराकिलो रोपाई
यस प्रविधीबाट धान रोप्दा देवै तर्फवाट २५ सेन्टीमिटरको दुरी सिफारिस गरेको छ । तर अन्य व्यवस्थापनको आधारमा यस दुरिलाई घटाउन र बढाउन पनी सकिन्छ । धेरै गाँज आउने (हर्दिनाथ एक ) जातहरु २० सेन्टीमिटरको फरकमा र धेरै गाँज आउने जातहरु चैते २ र सोर्णा सन १, राधा १२ आदिलाई २५ सेन्टीमिटरको फरकमा रोप्नु राम्रो मानीन्छ । यसरि धान लगाउदाँ लाईन लाईन तथा बोट बोटको दुरी समान राख्दा बोटको चारैतिर समान वृद्धी हुने र धान गोडमेल तथा धान काड्दा पनी सजिलो हुने पाईएको छ ।

३. एकै ठाउँमा एयटामात्र बेर्ना रोप्ने
एकै ठाउँमा एउटामात्र बेर्ना रोप्नाले बेर्नाका जराहरु चारैतर्फ समान रुपले फैलिन पाउँदछन् र मोटोमा पाईने खाद्य तत्वको समान रुपले प्रयोग हुन्छ, जसले गर्दा धान बाली ढलेर नष्ट हुनबाट जोगिन्छ । तेस्तै एक ठाउँमा एउटामात्र बेर्ना रोप्नाले धानको विउदरको मात्रा घटाउन सकिन्छ । जसले गर्दा धान उत्पादनमा लाग्ने खर्चलाई घटाउन सकिन्छ । यस तरिकाबाट धान खेती गर्दा प्रती हेक्टर ५० देखी ६० केजि विउ लाग्ने ठाउँमा ६ देखी १० केजी विउ भए पुग्छ ।

४. धान खेतिमा पानीको व्यवस्थापन
धान खेतिमा सधैँ पानी जमाएर राख्नु भन्दा धान रोपिसकेपछी जमिनलाई आलोपालो गरि भिजाउने र सुकाउने गर्नुपर्दछ । जसले गर्दा खेतबारिको माटोमा रहको जैविक वातावरण जस्तै,गड्यौला, व्याक्टेरियाहरु तथा अन्य सुक्ष्म जिवहरुको क्रियाकलापमा सुधार आउने र माटोको बनोट र माटोको उर्वरा शक्तीमा वेद्धी हुने पाईएको छ । धान पसाउने वेला खेतमा हल्का पानी जमाईदिनु राम्रो मानिन्छ ।

५. धान खेतमा धान गोड्ने औजारको प्रयोग
धान गोड्ने औजारको प्रयोगका लागी धान खेत वारिमा २ देखी ३ ईन्च पानी हुनु पर्दछ । धान खेतमा झार नआएपनी यो औजारको प्रयोग गरी धान रोपेको १५ दिनमा पहिले र पहिलो गोडाईको १५÷२० दिन पछी दोश्रो गोडाई गर्नुु उत्तम मानिन्छ ।

६. मोलखातको ब्यवस्थापन
यस तरिकावाट धान खेती गर्दा किसानहरुले सकेसम्म प्रशस्त मात्रामा प्राङगारिक मलको प्रयोगले मोटो खुकुलो हुने र विरुवाले सबै खाद्य तत्व सजिलै प्राप्त गर्न सक्दछ । जसले गर्दा विरुवाको वृद्धी र विकास राम्रो संग हुने गर्दछ । माटो खुकुलो हुने भएकाले विरुवाले जरा प्रशस्त मात्रामा राख्न पाउछ । जसका कारण विरुवा बलियो हुने र रोग र किराको आक्रमण पनी कम हुने गर्दछ । मोटोमा भएका गड्यौलाहरु र अन्य शुक्ष्म जिवहरुको वृद्धी र विकासको लागी प्राङगारिक मल वा कम्पोष्ट मोलको जरुरी हुन्छ । प्रयाप्त मात्रामा प्राङगारिक मल वा कम्पोष्ट मल नहुदाँ यसको मात्रालाई रसायनिक मलहरुको मात्रा संग सन्तुलित प्रयोग गर्न फाईदाजनक हुन्छ ।

एसआरआई प्रविधीका फाईदाहरु
१. कम विउ ( ६ देखी १० किलो प्रती हेक्टर) को प्रयोगले धेरै उत्पादन ( ६ देखी १० टन प्रति हेक्टर ) लिन सकिन्छ ।
२. पानी रसायनिक मलहरुको मात्रा र विषदिको प्रयोग घटाउन सकिने ।
३. परम्परागत धानखेती प्रविधिमा भन्दा आधा मात्र पानी भएता पनी खेति सफल हुने ।
४. रोग र किरा लाग्ने सम्भावना निकैनै न्युन हुन्छ ।
५. उत्पादन लागत कम लाग्ने र बोटको रोग किरा संगै लड्ने क्षमता वृद्धी हुने ।
६. बालि नढल्ने, माटोको गुणष्तरमा सुधार आउने र वातावरणमैत्री खेती प्रविधि ।
७. उत्पादन विषादी मुक्त हुने हुदाँ स्वस्थकर हुन्छ ।
८. सबैखाले धानका जातहरुमा यो तरिका प्रयोग गर्न सकिन्छ ।
९. यस तरिकावाट धान खेति गर्दा स्थानिय जातका विरुवाहरु पनी प्रयोग गर्न सकिने हुनाले जैविक विविधताको संरक्षणमा योगदान पुग्दछ ।

( लेखक ः बि.एस.एजी. अध्ययनरत विद्यार्थी हुन्)