कर्णालीमा ३९ प्रतिशत् धान रोपाँई


सुर्खेत, १६ असार ।
कर्णाली प्रदेशको प्रमुख खाध्य बाली मध्य एक धान रोपाइ ३९ प्रतिशत सम्पन्न भएको छ ।
भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दिएको जानकारी अनुसार यस बर्ष समयमैं मनसुन शुरु भएको बेलामा पनि कर्णालीमा ३९ प्रतिशत क्षेत्रमा रोपाँई सम्पन्न भएको हो । कर्णालीको धान उत्पादन हुने जम्मा ४९ हजार ४ सय २५ हेक्टर मध्ये हाल सम्म १९ हजार २ सय ४२ हेक्टरमा धान रोपाइ सकिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै भन्दा धेरै डोल्पा जिल्लामा २ सय ७६ हेक्टर क्षेत्रफलमा शतप्रतिशत र जुम्ला जिल्लामा २ हजार ८ सय हेक्टर क्षेत्रफल मध्ये ९७ प्रतिशत अर्थात २ हजार ७ सय १६ हेक्टरमा धान रोपाइ सकिएको छ । कर्णालीका अन्य जिल्लाहरु दैलेख, रुकुम पश्चिम, जाजरकोट, सल्यानका अधिकांश स्थानमा धान रोपाँई सम्पन्न भइसकेको छ भने सुर्खेतमा धान रोपाँई कार्य उपत्यकामा शुरु भएको छ । सुर्खेतका ग्रामिण क्षेत्रका ३० प्रतिशत् खेतमा धान रोपाँई सकिएको छ ।