स्वास्थ्य राज्यमन्त्री रावत अस्पताल भर्ना

काठमाडौँ, २८ असार ।मुटुमा समस्या देखिएपछि स्वास्थ्य राज्यमन्त्री नवराज रावत आइतबार  बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रमा भर्ना भएका छन् ।

परीक्षणपछि उनको आजै एन्जीओप्लास्टी गरिएको राज्यमन्त्री रावतका सचिवालय सदस्य टपेन्द्र बिसीले जानकारी दिए । विसीका अनुसार अस्पतालका निर्देशक डा चन्द्रमणी अधिकारी नेतृत्वको टोलीले उनको एन्जीओप्लास्टी गरेको हो । असहजता महसुस गरेपछि गत बिहीबार वीर अस्पतालमा होलवडी चेकअप गर्न गएको र सो क्रममा मुटुमा समस्या रहेको हुनसक्ने संकेत देखा परेपछि आज थप परीक्षणका लागि गंगालाल अस्पताल पुगेको बिसीले बताए  ।

‘वीरमा उपचारगरेपछि मुटुमा समस्या हुनसक्ने संकेत देखिएपछि गंगालालमा गएका थियाैँ, सो क्रममा मुटुका केही नसामा ब्लक देखियो’ विसीले भने, ‘त्यसपछि उहाँको एन्जियोप्लास्टी गरियो । अहिले अवस्था सामान्य उन्मुख हुँदैछ ।’ चिकित्सकलाइ उद्रित गर्दै विसीले सोमबार बेलुकासम्म मन्त्री रावत डिस्चार्ज हुनसक्ने बताए।