पलाता गाउँपालिका अध्यक्ष बम विवादमा

कालिकोट ।
कालिकोटको पलाता गाउँपालिकामा फेरि बिवाद बढेको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले ३ सय ६७ जना कर्मचारी नेकपा जिल्ला पाटीको दवावमा हटाउन लागेको भनी सार्वजनिक गरेसंगै उनी फेरि बिवादमा तानिएका छन् ।
बमले पाटीको निर्देशनमा साउन १ गते देखि ३ सय ६७ जनालाई विदाई गर्न लागेको बताउदै साउन १ गतेलाई कालो दिन भएको फेसबुक स्टाटस लेखेका थिए । एउटा पालिका जसको आन्तरिक स्रोत ज्यादै न्यून छ, त्यसले कसरी करारमा यतिधेरै कर्मचारी नियुक्त ग¥यो भन्ने अहम प्रश्न उब्जिएको छ ।
अध्यक्ष बमले सामाजिक सञ्जाल मार्फत स्वयम सेवक ३०, स्वास्थ्यकर्मी ३२, वन चौकिदार ४२, निर्माण दल १ सय ५५, शिक्षक ६२, सिभिल प्राविधिक ११, कृषि प्राविधिक २, उर्जा क्षेत्रका १३, वन कर्मचारी १, खानेपानी १, महिला संशक्तिकरण कार्यक्रमका १३, श्रेणी विहिन प्रशासन तर्फ १३ गरि ३ सय ६७ जनालाई पाटीको दवावका कारण विदाई गर्न बाध्य भएको उल्लेख गरेका थिए ।
तर अध्यक्ष बमको भनाईको प्रतिवाद गर्दै गाउँपालिकाको आर्थिक स्रोतले धान्ने अवस्था नभएकोले गाउँपालिकामा कार्यरत केही कर्मचारी कटौती गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले बताए । यसले पनि पालिकामा अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत विच बेमेल रहेको प्रष्ट हुन्छ ।
प्रशासकिय अधिकृत बमले पालिकामा ३ सय ६७ जना कर्मचारी नभई १ सय ५० जना मात्रै कर्मचारी कार्यरत रहेको जानकारी दिए । ‘गाउँपालिकाको आय स्रोतले धान्न नसक्ने भएपछि २२ देखि २५ जना मात्रै हटाउन लागेका छौ,’ उनले भने । हाल कार्यरत कर्मचारीहरु कति जना आवश्यकता छ र कुन पदमा कति कर्मचारी कार्यरत छन् त्यसको विवरण निकालेर व्यवस्थापन गर्न लागिएको उनले बताए ।
‘आन्तरिक स्रोतबाट तलव भत्ता व्यवस्थापन गर्नै गाह्रो छ,’ उनले भने । उनको भनाईले पनि पलातामा ठुलो संख्यामा करारमा कर्मचारी भर्ना गरिएको प्रष्ट हुन्छ ।
अध्यक्ष बमले पाटीको दवावमा कर्मचारीहरु हटाउन लागेको भन्ने भनाई बारेमा सिद्धदर्शन दैनिकले बुझ्न खोज्दा नेपाल कम्युनिष्ट पाटी ९नेकपा० पलाताका अध्यक्ष इन्द्रबहादुर रोकायले अध्यक्ष बमको बिवादास्पद भनाईले पाटीलाई गम्भिर बनाएको बताए । ‘३ सय ६७ जना कर्मचारी, त्यो पनि अभाव, वेरोजगारी र विपन्नताले ग्रसित भएको पलातामा १ करारमा कसरी यत्रो कर्मचारी भएको विवरण देखाईयो रु त्यति कर्मचारी करारमा समग्र कालिकोटमै छैनन् ’ उनले आश्चर्यचकित हुँदै भने ।
अध्यक्ष बमले पाटीलाई कत्तिपनि नटेरेको रोकायले बताए । अध्यक्ष बमले २०७९ सालसम्मको योजना फिक्स गरि मनपरि ढंगले बाढिसकेको र सोही बमोजिम कार्यादेश समेत दिईसकेको जानकारी आफुहरुले पाएको उनले बताए । ‘अहिले पनि योजना सम्पन्न गरेर मानिसहरु भुक्तानी माग्न कार्यालयमा आईरहेका छन् तर भुक्तानी भएको छैन । अन्धाधुन्ध रुपमा बाडेका आयोजनाहरुको भुक्तानी दिन कर्मचारीहरु मानिरहेका छैनन्,’ उनले भने । अन्य बारेमा जानकारी दिएपनि यसबारेमा नेकपा कालिकोटका ईन्चार्ज महेन्द्रबहादुर शाहीलाई जानकारी नदिएको उनले बताए ।(सिद्धदर्शन दैनिकबाट)