लेकवेशीले सलह प्रतिकिलो २५ रुपैयाँका दरले खरिद गर्ने

सुर्खेत, ०३ श्रावण ।
लेकवेशी नगरपालिका सुर्खेतले सलह किरा २५ रुपैयाँ प्रतिकिलोका दरले खरिद गर्ने भएको छ ।
शनिवार नगरपाकिाका प्रमुख गगन सिं सुनारद्वारा हस्ताक्षरित एक सुचना जारि गर्दै नगरपालिकाले यस्तो जानकारी दिएको हो ।
नगरपालिकाले जारि गरेको सुचनामा भनिएको छ, श्रावण १ गते देखी नगरपालिकाका सलह प्रवेश गरेको र कृषकहरुले लगाएको अन्नवालीलाई सखापै पार्ने गरि सलह आएको हुदाँ कृषकले सलह जम्मा गरेर नगरपालिकामा बुझाए २५ रुपैयाँ प्रति किलोको दरले खरिद गरिने छ ।
सलहको नियन्त्रणका लागी तत्काल कुनै पनै औषधी तथा प्रविधी नभएको कारणले तत्काल ढ्याङग्रो बजाएर तथा धुलो धुवाँ बनाएर सलह भगाउन नगरपालिकाले कृषकहरुलाई आग्रह गरेको छ ।