पहिरोमा परि कालिकोटमा नौ जनाको मृत्यु


सुर्खेत ।
निरन्तर रुपमा परिरहेको अविरल वर्षाका कारण आएको पहिरोमा परि कालिकोटमा नौ जनाको मृत्यु भएको छ ।
जिल्लको नरहरिनाथ गाउँपालिका वडा नं ४ र ७ मा आएको पहिरोमा परी नौ जनाको मृत्यु भएको हो ।
अविरल वर्षाको कारणले आएको पहिरोमा परि वडा नम्बर ४ –मा  ६ जना र सोही गाउँपालिका–७ मा अर्को पहिरोमा परी ३ जनाको मृत्यु भएको छ ।
मृत्युु हुनेमा गंगे बुढा, नौना बुढा, कुशा बुढा, चना बुढा, विमला बुढा, चिरित्र बुढा, राम बुढा, बाले बुढा र मना बुढा रहेको प्रहरीले जनाएको छ ।