अनुदानको विरुवा वडाध्यक्षकै बारीमा


मोरङ, १७ साउन । एक गैरसरकारी संस्थाले अनुदानमा नगरलाई दिएको विरुवा वडाध्यक्षले आफ्नो बारीमा रोपेका छन । मोरङको पथरीशनिश्चरे नगरपालीकालाई युएनएचसीआरले दिएको १ सय ५० कागती, लिच्ची र आपका विरुवा वडा नं. ३ का वडाध्यक्ष डम्बर चेम्जोङले आफ्नै बारीमा रोपेका हुन ।
नगरले प्रत्येक वडामा १ सय ५० विरुवा कृषकलाई वितरण गर्नु भनेर पढाएको थियो । तर वडा नं. ३ का वडाध्यक्ष चेम्जोङले कृषकलाई भनेर ल्याएको विरुवा विहिबार विहान ७ बजे आएर आफ्नै बारिमा रोपेको सधियार बताउछिन । अनुदानमा आएको विरुवा जो कृषक हुन उनिहरुले नपाउने र एक जनप्रतिनीधिले १० ओटाका दरले विरुवा लगे पछि कृषकले के पाउने ? स्थानीय टिका गौतमले प्रश्न गरे । वडाध्यक्ष डम्बर चेम्जोङले कृषकलाई नदिई अनुदानमा आएको विरुवा आफ्नो बारीमा रोपोको स्थानीय र सधिया बताउछन ।
यता वडाले विरुवा लिन आउनेलाई सकियो भनेर नदिए पनि केहि विरुवा लुकाएर राखेको भेटिएको छ । वडाध्यक्ष चेम्जोङले भने विरुवा आफुले नलगेको र वडावासीले आफुलाई झुटो आरोप लगाएको बताएका छन । नगरबाट आएको विरुवा वडावासीलाई वितरण गरेको उनले जानकारी दिए । तर वडाले कृषीको कुनै पनि कार्यक्रममा सहि कृषकको पहिचान नगरेको राजेश धिमालले बताए ।
विरुवा माग्न आउनेलाई वडा कार्यलय र स्वास्थ भवन बनाउने ठाउ रोप्ने भनेर भने पनि वडाध्यक्षले आफ्नै बारिमा रोपेको र वडामा लुकाएर राखेको दिपेश अधिकारीले बताए । वडाले विरुवा वितरणमा मनोमानी गरि वडाध्यक्षको बारिमा रोपेपछि स्थानीयले वडा कार्यलयमा विरोध गरेका छन ।