‘अब त भयो अति, सुर्खेतमा देउ नियमित बत्ती !’ भन्दै सामाजिक संजालभर दवाव सुरु


सुर्खेत, १७ साउन । सुर्खेतको वीरेन्द्रनगरमा भइरहेको अनियमित विद्युत नियमित गर्न सरोकारवालाहरूले दवाव दिन शुरू गरेका छन् । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा विजुली झ्याप्प झ्याप्प जाने आउने गरिरहन्छ ।
तन्नेरी चासो सुर्खेतले ‘सुर्खेतमा किन बत्ती झ्याप्प झ्याप्प भनिदेउ, कि शुल्क नलेउ नत्र नियमित देउ !’, ‘अब त भयो अति, सुर्खेतमा देउ नियमित बत्ती’ भनेर एउटा ब्यानर सामाजिक संजाल फेसबुकमा बिहिवार राखेको थियोे । सुर्खेतस्थित युवा, विद्यार्थी, वुद्वीजिवि र सरोकारवालाहरू सबैले उक्त विषयलाई अभियानकै रूपमा लिनुपर्ने बताएपछि सामाजिक संजालभर दवाव बढाइएको हो ।
विशेषगरी सामाजिक संजाल फेसबुक र ट्विटरमा सम्बन्धित निकाय र जिम्मेवार पदाधिकारीहरूलाई ट्याग र मेन्सन गरेर उक्त ब्यानर सरोकारवालाहरूले राखिरहेका छन् ।