पुर्वी सुर्खेतका पर्यटकिय क्षेत्रमा, पर्यटन मन्त्री बुढा


सुर्खेत, २३ साउन । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले सुर्खेतको पुर्वी क्षेत्रमा रहका पर्यटकिय क्षेत्रहरुको अनुगमन गरेका छन् ।
विहीबार उनले भेरीगंगा नगरपालिका वडा नम्वर १० को पर्यटकीय क्षेत्र बराहडाँडा, लेकबेशी नगरपालिकाको शहिद दशरथ पार्क र ऋषि स्मृति प्रतिष्ठान र जहरे बजार देखि झिग्ने पर्यटन सडक, सानो हर्रे २२ घाटे रत्नराजमार्ग ठूलो हर्रे जमेरी पर्यटन सडकको अवलोकन गरेका हुन ।
अनुगमनका क्रममा मन्त्री बुढाले कर्णाली प्रदेशको आमूल रुपमान्तरणको पहिलो आधार पर्यटन भएको समेत बताएका छन् । मन्त्रालयबाट भए गरेका काम कारवाहीको विहीबार पुर्वी सुर्खेतमा अनुगमन गर्ने क्रममा उनले यस्तो बताएका हुन ।
‘पुर्वी सुर्खेत पर्यटन क्षेत्रको हव हो । डोल्पा जाने सडक यहि पर्छ ।’ उनले भने, ‘हामीले पर्यटनको विकास गरेर मात्रै समृद्धि हासिल गर्न सक्छौं । हामीसँग अथाह प्राकृतिक श्रोत र साधन छन । त्यसको समूचित प्रयोग गर्न हामी लागिरहेका छौं ।’ मन्त्री बुढाले अहिले निर्माण भएका संरचनाले यस क्षेत्रका धार्मीक तथा अन्य सम्पदाको संरक्षण गर्ने बताए ।
मन्त्री बुढासँगै पूर्व भौतिक विकास मन्त्री खडक खत्री, प्रदेश सभा सदस्य पदमा खड्का, मन्त्रालयका निमित्त सचिव शेरबहादुर श्रेष्ठ, सूचना अधिकारी शेरबहादुर रोकाया, स्थानीय लगायतको सहभागिता रहेको थियो ।