२४ घण्टामा ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, २४ साउन । पछिल्लो २४ घण्टामा थप ३ सय ७८ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ७ सय ८८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमणको पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको सख्ंया २२ हजार ५ सय ९२ पुगेको छ । उनीहरुमध्ये ७३ जनाको मृत्यु भएको छ भने १६ हजार ३ सय १३ जना निको भइसकेका छन् ।