बालुवाटारमा ओली र प्रचण्डबीच छलफल


काठमाडौं, २९ साउन । लामो समयको संवादहीनतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ ।
बिहीबार बिहान प्रधानमन्त्री ओलीसँग कुराकानी गर्न प्रचण्ड बालुवाटार पुगेका छन् । भेटमा पार्टीको समस्या समाधानलगायतका विषयमा कुराकानी भइरहेको बताइएको छ ।