रौतहटमा प्रहरी र भैँसी तस्करीबीच झडप


काठमाडौँ, २९ साउन । भारतबाट तस्करी गरी ल्याउदै गरेको राँगा भैँसी नियन्त्रणमा लिन प्रहरीले रौतहटमा हवाइ फायर गरेको छ । चोर बाटोबाट ल्याउँदै गरेको ५८ वटा राँगा भैँसी नियन्त्रणमा लिन गएको नेपाल प्रहरी र स्थानीयबीच झडप भएको हो ।
स्थानीय वासिन्दा र भैँसी व्यापारीले प्रहरीको काममा अवरोध गरेपछि स्थिति नियन्त्रणमा लिन ८ सेल अश्रुग्यास र १५ राउण्ड हवाइ फायर भएको थियो ।
सीमा नाकामा कडाइ गरेका बेला रौतहटमा तस्कर समूहले भने भारतबाट अवैध रुपमा राँगा भैँसीलगायत विभिन्न वस्तुको निर्वाध तस्करी गरिरहेका छन् ।