सुर्खेतको सान जिबी चिरन, फरक अवतारमा देखिदै


काठमाडौं, ३० साउन । सुर्खेती माटोमा हुर्किएका जिवी चिरन अर्थात चिरञ्जीवी सापकोटा अहिले मोडलिङ तथा सांगीतिक क्षेत्रमा चर्चामा छन् । सानै उमेर देखी अभिनय र कुशल रेडियो प्रस्तोता सापकोटाले सुर्खेतको सानलाई बढाएको अग्रजहरुको तर्क रहेको छ । गित संगीत, नाटक, वक्तित्वोकला तथा मोडलिङमा रुचि राख्ने चिरञ्जीवी सापकोटा गाएन क्षेत्रमा पनी उत्तीकै रुची राख्ने गर्दछन् । सुर्खेतको जागरण एफएम देखी पत्रकारीता सुरु गरेका सापकोटा रेडियो भेरि एफ एममा काम गर्दा गर्दै सुर्खेतवाट केन्द्रीय राजधानी काठमाडौँ प्रस्थान गरेका थिए । अत्यन्तै मिलनसार र सहयोगी सापकोटा अहिले अभिनय क्षेत्रमा चर्चा कमाईरहेका छन् ।
हेर यो मुटुमा चिरा पर्या छ यो गीत अहिले नेपालको युट्युब ट्रेण्डीङ १५ मा रहेको छ । यो गीतको सफलता संगै अहिले उनलाई अभिनयका लागि धेरै ठाँउबाट प्रस्ताव आईरहेको नेपाल दर्शन संग बताए ।
‘हेर यो मुटुमा चिरा पर्या छ’ गीतका मोडल चिरञ्जवी सापकोटाको ‘बहिनी’ बोलको गीतमा आवद्ध भएका छन् । उनले यो गीतको मुख्य भुमिकामा रहेर अभिनय गर्दैछन् ।
अबको केहि दिनमा यो गीत पनि सार्वजनिक हुने तयारीमा रहेको उनले बताए ।
विभिन्न म्युजिक भिडियोमा समेत कुशल अभिनय गरिसकेका संचारकर्मी,गायक तथा मोडल चिरञ्जीवी सापकोटा एक पछी अर्को सफलता चुम्दै छन् ।
एसथ्रीके ईन्टरटेन्मेन्ट को प्रस्तुतिमा रहेको म्युजिक भिडियोमा पनि फरक अवतार क्यारेक्टरमा अभिनय गर्दै छन् ।