नेकपाको ६ सदस्यीय कार्यदल गठन, यि हुन कार्यदलका सदस्यहरु

काठमाडौं, ३० साउन । नेकपा विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको हो ।
कार्यदलले पार्टीका आन्तरिक समस्याको समाधानका लागि गृहकार्य गरी सुझाव प्रस्तुत गर्नेछ । शुक्रबार बिहान सवा ११ बजेदेखि बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलपश्चात कार्यदल गठन गरिएको हो ।
कार्यदलका सदस्यहरुमा भीम रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे रहेका महासचिव पौडेलले जानकारी दिए।
शुक्रबार बिहान महासचिव विष्णु पौडेल र जनार्दन शर्मासँग आफ्नै निवासमा भेट गरे लगत्तै प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।