कर्णालीमा आज थपिए ५ जना कोरोना संक्रमित, ७ जना डिस्चार्ज


सुर्खेत, ३० साउन । पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा सल्यानका १, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा जुम्लाका १ र दैलेख अस्पतालमा गरिएको परिक्षणमा दैलेखका ३ जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबार नै कर्णाली प्रदेश अस्पतालबाट ७ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।