बिवादित अडियो प्रकरणः गुराँस गाउँपालिकाद्वारा छानबिन समिति गठन


सुर्खेत, ८ भदौ । एउटा सडक निर्माण उभोक्ता समिति र निर्माण व्यवसायीबिच भएको कुराकानीको सार्बजनिक अडियो प्रकरणबारे छानबिन गर्न दैलेख गुराँस गाउँपालिकाले समिति गठन गरेको छ । हिजो मात्र भिउचुला, बगौरा, पुलिया सडक स्तरउन्नतीका क्रममा निर्माण उपभोक्ता समिति र निर्माण व्यवसायिबिचको टेलिफोन कुराकानीको बिवादित अडियो सार्बजनिक भएको थियो । त्यसको सत्यतथ्य छानबिनका लागि गाउँसभा सदस्य पशुपति शर्माको संयोजकत्जमा ४ सदस्यीय छानबिन समिति गठन गरिएको हो । जसको सदस्यमा वडा नम्बर ५ का अध्यक्ष सुरेन्द्र महतारा सव इन्जिनियरहरु उदयराज जैशी र सुर्य नेपाली रहेका छन् । छानबिन समितिले तिन दिनभित्र आफ्नो प्रतिवेदन बुझाइसक्नुपर्ने छ । साथै गाउँपालिकाले वडा नम्बर ६ समेत यस अडियो प्रकरण मुछिएको भन्दै वडा अध्यक्ष हिम बहादुर ओलीको प्रतिक्रिया समेत मागेको छ ।

भने अडियो कुराकानीमा सव इन्जिनियर नबिन कुमार विसीलाई समेत रकम छुट्याइएको भनिएकाले तिनदिनभित्र लिखित स्पष्टिकरण माग गरिएको गाउँपालिका अध्यक्ष खेमराज ओलीले जानकारी दिनुभयो ।
अडियोमा के छ ? सार्बजनिक उक्त अडियो कुराकानीमा उपभोक्ता समितिका अध्यक्ष गगन खत्री र निर्माण व्यवसायि हिक्मत ओलीसँगको कुराकानीको क्रममा उपभोक्ता समितिका ३ जनाले ९२-९२ हजार रकम भाग गरिएको भन्ने छ । कुराकानीकै क्रममा ४ भाग गर्ने भनेपनि वडा अध्यक्षले तिन भाग गर्नु मलाई पर्दैन् भनेको कुराकानी क्रममा समिति अध्यक्ष खत्रीले भनेको सुनिन्छ । यस्तै, सव इन्जिनियरलाई समेत ४० हजार भाग लगाइएको भन्ने टेलिफोन कुराकानीमा छ । निर्माण उपभोक्ता समितिका अध्यक्ष गगन खत्री, सचिव गोविन्द ओली र कोषाध्यक्ष भक्तबहादुर रानाले ९२-९२ हजार रूपैयाँ बाँडेको चित्त नबुझे रकम फिर्ता लैजाउ भनेको सुनिन्छ । ‘कर्णाली प्रदेश सांसद विकास कोषको रकमबाट उक्त उपभोक्ता समितिले ३७ हजार घनमिटर सडक निर्माण गर्नुपर्ने हो ।
निर्माण कार्यको जिम्मा लिएका व्यवसायी हिक्मतले ओलीले भने ३७ हजार घनमिटर खन्नपर्नेमा ७६ हजार घनमिटर खनेको बताउनुभएको छ । उहाले घुस माग्यो भनेर अफवाह फैलाएर सुनियोजित बेइज्जेत गर्न खोजिएको प्रतिक्रिया दिनुभएको छ ।