नेपालमा २४ घण्टामा १३५६ जना कोरोना संक्रमित थपिए


काठमाडौं, १९ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५६ जनामा कोरोना संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालामा १३ हजार ६ सय ३८ जनाको नमुना परीक्षण गर्दा ४ सय ६४ महिला र ८ सय ९५ पुरुषमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ ।
उनीहरुमध्ये २ सय ७१ जनाको मृत्यु भएको छ भने २५ हजार ५ सय ६१ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १ हजार ३ सय ५४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभरमा १८ हजार ४०४ जना सक्रिय संक्रमित छन् । उनिहरुमध्य १० हजार ९ सय ४२ जना संस्थागत र बाँकी होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयका प्रबक्त डा. जागेश्वर गौतमले जानकारी दिऐ ।