वीरेन्द्रनगरका ४२ वर्षीय पुरूषको कोरोनाका कारण मृत्यु

सुर्खेत, १९ भदौ । कोरोना भाइरस (कोभिड–१९) कारण सुर्खेत एक पुरुषको काठमाडौंमा मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिकाका ४२ वर्षीय पुरुषको वीरेन्द्र अस्पताल छाउनीमा मृत्यु भएको सामाजिक विकास मन्त्रालय सुर्खेतले जनाएको हो ।
उनको बिहीबार साँझ १०ः४५ बजे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जानकारी गराइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
क्यान्सर रोगको उपचार गराइरहेका पुरुषको बिहीबार मात्रै कोरोना पुष्टी भएको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।
‘अस्पताल भर्ना हुनुभएको उहाँको हिजो मात्रै कोरोना पुष्टी भएको थियो’ कंडेलले भने, ‘उहाँको स्थायी ठेगाना वीरेन्द्रनगर भएपनि मृत्यु गणना कर्णाली प्रदेशमा भने गरिने छैन् ।’ नेपालीरैवारबाट