सिम्ता र चिङ्गाड गाउँपालिका जोड्ने सडक अनुगमन


सुुर्खेत, २४ भदाै । सिम्ता गाउँपालिका र चिङ्गाड गाउँपालिका जोड्ने गोजी – देउली -सिर्पा -काफलकोट – रहकुल -पाठोकाट्ना सडक निर्माणकार्यको अनुगम गरिएको छ । बुधवार सुर्खेत निर्वाचन क्षेत्र नम्वर १ क का संासद ठम्वर विष्ट र सिम्ता गाउँपालिकाको टिमले संयुक्त रपमा अनुगमन गरेको हो । अनुगमन पश्चात सांसद विष्टले अवको दुई महिनामा सडक संचालनमा आउने बताए । सांसद बिष्ट आफ्नो पहलमा भएका योजनाहरुको अनुगमन गर्ने क्रममा बुधवार आफ्नो निर्वाचन क्षेत्र सिम्ता पुगेका थिए । सांसद विष्टले सडक निर्माणको कामलाई तिब्रता दिन सबैले सहयोग गर्नु पर्ने बताए । अनुगमनका लागी सांसद विष्ट सहित सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसी तथा जिल्ला स्तरका नेताहरु डण्डि प्रशाद शर्मा, टेकेन्द्र कुमार बस्नेत, ऐन बहादुर चन्द, लगाएतको सहभागिता रहेको थियो ।