सुर्खेत मालपोतमा भीड गराएको भन्दै २ जना लेखापढी पक्राउ

सुर्खेत, २५ भदौ । मालपोत कार्यालय परिसरमा सेवाग्राहीको भीड भएपछी लेखापढी व्यावसायी गर्ने दुईजना पक्राउ परेका छन् ।
अत्यधिक भीड हुने कार्यालयमा जिल्ला प्रशासन कार्यालयले टोकन प्रणाली लागु गरेर सेवा दिन निर्देशन दिएपनि सेवाग्राहीलाई भीड गराउने लेखापढी व्यवसायीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो ।
कोरोना भाइरसबाट बच्न आवश्यक स्वास्थ्य तथा सुरक्षाका मापदण्ड नअपनाएर मालपोत कार्यालय परिसरमा बसेर सेवाग्राहीको भीड गरेपनि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्रप्रसाद भट्टले बताए ।
पक्राउ परेका लेखापढी व्यवसायीको नाम भने प्रहरीले खुलाएको छैन् । ‘मालपोत परिसरमा बसेर काम गर्दा भीड बढ्ने र कोरोनाको संक्रमण बढ्ने खतरा रहेकाले उहाँहरुलाई छुट्टै व्यवस्थापन गरेको भएता पनी अटेरी गरेर झन भीड गराएपछि उनिहरुलाई पक्राउ गरिएको एसपी भट्टले बताए ।
पक्राउ परेका लोखापढी व्यावसायीलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पठाउने भट्टले बताए ।
संक्रामक रोग ऐन, २०२० अनुसार आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा एकसय रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने कानुनी प्रवधान रहेको छ ।