कर्णालीमा एकैदिन ४९ जनामा देखियो कोरोना

सुर्खेतका मात्रै ३९ जना

सुर्खेत, २९ भदौ । सोमबार मात्रै सुर्खेतका ३९ जना सहित कर्णालीका विभिन्न जिल्लामा गरि ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो समय समुदाय स्तरमा कोरोना भाइरस संक्रमण धेरै जनामा देखिएको तथ्य बाहिर आएका बेला कर्णालीमा एकै दिन ४९ जनामा कोरोना देखिएको हो ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जारी गरेको विज्ञप्ति अनुसार वीरेन्द्रनगर भित्रका विभिन्न वडाका संक्रमितहरु धेरै देखिएको छ ।
यसका अलवा दैलेखका ७, जाजरकोटका २ र कालिकोटका १ जनामा पनि कोरोना संक्रमण देखिएको छ । महाशाखाका डा. लक्ष्मिनारायण पौडेलका अनुसार सोमबार देखिएका संक्रमितहरु अघिल्लो पटक कोरोना देखिएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङमा आएका मानिसहरु रहेका छन् ।
सुर्खेतको हकमा पछिल्लो पटक सुरक्षाकर्मी उच्च जोखिममा रहेको र स्वास्थ्यकर्मी, सवारी चालक, किराना पसले लगायत सर्वसाधारणमा पनि कोरोना देखिएको उनले बताए ।