कर्मचारीलाई कोरोना पुष्टि भएपछी वीरेन्द्रनगर नगरपालिकाको कार्यालय शिल

सुर्खेत, ३० भदौ । वीरेन्द्रनगर नगरपालिकाका केहि कमृचारिमा कोरोका संक्रमण देखिएपछी एकतासाताको लागी कार्यालय शिल गरिएको छ ।
प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालका अनुसार आर्थिक प्रशासन शाखामा कार्यरत केही कर्मचारीमा (कोभिड(१९) कोरोना भाइरस संक्रमण पुष्टि भएपछि एक साताका लागि सम्पूर्ण सेवा बन्द गरिएको हो ।
२०७७ भदौ ३१ गते देखी असोज ६ गते सम्मको लागि आर्थिक प्रशासन शाखाबाट प्रवाह हुने सबै सेवाहरु बन्द गरिएका प्रमुख प्रशासकीय अधिकृत ढकालले
एक सातसम्म सेवा बन्द हुने हुदाँ सेवाग्राहीमा पर्न जाने असुविधा प्रति नगरपालिका क्षमा प्रार्थी रहेको उनले बताए ।