असोज १ गतेदेखि लामो दुरीको यातायात सञ्चालन हुने

काठमाडौं, ३० भदौ । झण्डै पाँच महिना पछि लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ ।
स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निर्णय गरेको हो ।
व्यवसायीहरुले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइने छ ।