हुम्लाका ग्रामीण स्वास्थ्य केन्द्रमा २५ लाखको औषधी वितरण

हुम्ला ०४ असोज । जिल्लामा कोरोना भाइरसको न्यूनिकरण, रोकथाम र सचेतनाका लागि हुम्लाका ग्रामीण इलाकाका ८ स्वास्थ्य केन्द्रहरुलाई कोभिड (१९ का लागि १५ प्रकारका र अन्य दैनिक प्रयोगमा आउने ९० प्रकाराका औषधीहरु उपलब्ध गराइएको छ । यसको कुल खर्च २५ लाख रहेको छ ।
हुम्लामा कार्यरत सबैभन्दा पुरानो र सक्रिय स्थानीय गैसस स्वालम्बन प्रवद्र्धन विकास केन्द्र नेपालको पहलमा, सहजीकरण र प्राविधिक खर्चमा यो काम सम्पन्न भएको हो ।
हाल औषधी उपलब्ध गराइएका स्वास्थ्य केन्द्रहरु स्थापना भएर पनि प्राविधिक, आर्थिक र अन्य कारणले कमजोर देखिएको छ । यो गैससले हुम्लाको दुरदराजमा रहेका ८ वटा स्वास्थ्य केन्द्र आवश्यकता अनुसार स्वयम्सेवक स्वास्थ्यकर्मी र औषधी उपलब्ध गराउँदै आएको उक्त संस्थाका स्वास्थ्य संयोजक कालीबहादुर भण्डारीले जानकारी दिनुभयो ।
यी स्वास्थ्य केन्द्रहरुमा माँसपुर सामुदायिक स्वास्थ्य इकाई, तुम्च सामुदायिक स्वास्थ्य इकाई, पिप्लांग सामुदायिक क्लिनीक, साँया स्वास्थ्य चौकी, बरगाउँ स्वास्थ्य चौकी, केर्मी सामुदायिक स्वास्थ्य इकाई, यारी सामुदायिक क्लिनीक र लिमी स्वास्थ्य चौकी रहेका छन् ।
हुम्लाको तल्लो दक्षिण क्षेत्रका लागि १५ लाख र उत्तरी क्षेत्रमा १० लाख गरी जम्मा २५ लाखमा १०५ विभिन्न प्रकारका औषधीहरु उपलब्ध गराइएको उक्त संस्थाका अध्यक्ष अंगबहादुर लामाले बताउनुभयो । उहाँले भने हामीहरु अब स्वास्थ्य क्षेत्रको विकास विस्तारका लागि सबैसँग हातेमालो गरेर अगाडि बढ्ने प्रयासमा छौं । यसमा सबैको साथसहयोगको आशा र अपेक्षा गरेका छौं ।
यी स्वास्थ्य केन्द्रहरु जिल्ला र गाउँपालिकाको अति दुर्गम क्षेत्रमा पर्ने भएकाले यो सहयोगले स्थानीयहरुलाई सहयोग पुग्ने र स्वास्थ्यमा केही मात्रामा भए पनि सुधार हुने आशा गरिएको छ । पालिका न्युजबाट