उत्पादन गर्ने कृषक मर्कामा किन ?


देवेन्द्र वली । सुर्खेत । कृषक नेपालको सबैभन्दा ठुलो पेशा सम्हालेको एक मात्र पात्र हो । कृषक विना संसार भोक भोकै मर्न सक्छ यो जायज कुरा हो । कुनै कुर्चीमा बसेर कलम चलाउने जो कोहि हाकिम, होस या उद्योगपति, व्यापारी जस्तासुकै भएपनि कृषकले उत्पादन गरेका उत्पादित वस्तु उपाभोग गर्नको लागि कृषक कहाँ नपुगेपनि पसलमा पुग्ने गर्दछ । एक कुरा भन्ने हो भने कृषकले नै आफ्नो परिवार मात्र होइन, सारा दुनियाँलाई पालेको छ । कृषि कहरले गर्ने पेशा होईन, रहर र जोस जाँगरको आवश्यकता पर्ने गर्दछ । न कुनै हाकिमको दबाब न कुुनै गालि खानुपर्ने । तर प्राकृतिक विपदबाट भने वच्न बचाउन गाह्रो हुने गर्दछ । विकासन्मुख देशमा कृषि क्षेत्र र कृषकलाई सम्मान र प्रोत्साहन गर्ने गर्दछन । नेपालमा भने कृषि क्षेत्र घृणित भन्दै आएको छ । जसले उत्पादन गर्छ उहीँ उत्पादक मर्कामा पर्दै आएका छन् । कृषि क्षेत्रमा रहेका विभिन्न व्यवसायहरुमा परिश्रम गर्ने व्यवसायिहरु एक पछि अर्को व्यवसायमा पलायन हुन थालेका छन् ।
नेपालको कृषि क्षेत्रका रुपमा निकै फस्टाएको र सबै भन्दा बढि मात्रामा व्यवसायिक आत्मनिर्भर बनेको एक व्यवसाय भनेको कुखुरा पालन हो । तर पनि कुखुरा पाल्ने किसानहरु त्यति मात्रामा सम्पन्न हुन सकेका छैनन् । अन्य व्यवसायभन्दा बढि व्यवसायिकरण बनेको ककुखुरा पालन व्यवसाय, कुखुरा पालक, कुखुरा उत्पादक, कोल्ड स्टोर, एग्रोभेट, फ्रेस हाउस, दाना उद्योगी र उपभोेक्तको विचमा सञ्चालन हुन्छ ।
यस्ता सञ्चालनमा सबै भन्दा बढि मर्का कस्लाई पर्ला ? यो सञ्चालनमा कस्लाई फाईदा होला ? यसमा पनि बजेटको जस्तो रमक भएजति हिनामिना भएको मान्न सकिन्छ । कुखुरा लिएको दिनदेखि करिब ३५ देखि ४० दिनसम्म कुखुरा पालकको जिम्मामा रहेको हुन्छ । दिन रात कुखुराको चौकिदार गरेर पालेको कुखुरा पालकले पछिल्लो समय कुखुराको दाना औषधिको मुल्य वृद्धिको कारण निकै सास्ती भोग्नुपरेको छ । कुखुरा पालकको प्रमुख समस्या कुखुरा उत्पादक संघ बाटै सुरु हुन्छ । जव उत्पादकले किसानलाई उचित मूल्यमा कुखुरा उपलब्ध गराउने हो, त्यो भन्दा बढि रकममा कुखुराका बच्चा उपलब्ध गराउने गर्दछ । किसानले सिधै आफ्नो पहुँचमा ह्याचरीबाटै कुखुरा लिन सक्दैनन् । त्यसमा पनि दलालमुखि रहेका एग्रोभेट सञ्चालक तथा विचौलिया मार्फत कुखुरा उपलब्ध गराउने भन्दै केहि रमक असुल्ने गरेको पाइन्छ । जसको कारण किसानहरु महङ्गो रकममा कुखुरा खरिद गरिरहेका छन् । उत्पादन लागत भन्दा बढि रकम असुलिएर विचौलियाहरुले सप्लाईको आधारमा किसानलाई थप मर्कामा पारेका छन् ।
उता किसानहरुले लगानी गरेको रकम पनि पूर्ति गर्न नसकेर धौ धौ परिरहेको छ । कुखुरा किनेको दिन देखि बजार सम्म नपु¥याउँदा सम्म कुनै सहज वातावरण वन्न सकेको छैन । उत्पादन गर्ने किसान, मर्कामा पनि किसान रहेका छन् । तर किसानले उत्पादन गरेको कुखुरा सिधै बजार व्यवस्थापन गर्न सक्दैनन् । त्यसमा पनि कुखुरा बेच्नको लागि पनि फ्रेस हाउस कोल्ड, स्टोर तथा एग्रोभेटको भर पर्नुपर्ने हुन्छ ।
जव किसानले करिब तीन हजार पर्ने कुखुराको दानामा कतिको पौष्टिक आहारा छ छैन किसानले थाहै पाउदैनन् । सरकारी तथा व्यवसायिक उद्योगबाट उत्पादित वस्तुमा त्यसको मुल्य तथा विवरण उल्लेख गरिएको हुन्छ, तर कुखुराको दानामा त्यस्ता कुनै विवरण उल्लेख गरिएको हुँदैन । त्यसमा कुखुरा पालक किसानले के आधारमा दाना खरिद गर्ने ? यस कारण पनि ग्रामिण क्षेत्रमा रहेको किसानहरुले सबै भन्दा बढि मर्कामा परेको देखिन्छ ।
मासु उत्पादन गर्ने कृषक मात्र होईन तरकारी तथा फलफुल र अन्य व्यवसायिहरु पनि उत्तिकै मर्कामा रहेका छन् । कुन तरकारी कुन समयमा कस्तो बजार पाउँछ भन्ने ज्ञान नै नभएर पनि कृषक मर्कामा पर्नुको एक कारण मान्न सकिन्छ । अहिलेको समयमा सरकारी जागिरबाट अवकास पाएर पनि कृषि व्यवसायमा अग्रसर हुने गरेका छन् । पढाई सकिय पछि वेरोजगार बस्नु भन्दा कृषि पेशामा होमिनु पनि एक कारण हो । किन कि आफु पौडिन जान्दैन भने नदिमा हाम फाल्नु किन ? व्यवसायिक तालिम लिएर आफुलाई कुन व्यवसायमा लाग्दा सहज हुन्छ । के गर्दा सफल भईन्छ । सोच विचार गरेर मात्र आफ्नो सहि निर्णय गर्नु उचित होला ।
जव बजारमा तरकारीको भाउ आकाशियो भन्ने समाचार सुन्ने र पढ्ने वित्तिकै तरकारी उत्पादकमा जोस जाँगर चल्न थाल्छ । अनि तरकरीले बजार पाएन भन्ने खवरले कृषलाई चिन्तित बनाउने गर्दछ । एक कुरो त तरकारीको स्थिर मुल्य निर्धारण नभएकाले पनि यस्तो हुने गरेको छ । पछिल्लो समयमा बजारमा प्याजको मुल्यमा निकै वृद्धि भएको छ । अव भन्नुहोस मर्काको को ? प्याज रोप्ने समयमा प्याज नरोप्ने घर भने थोरै मात्रा भेटिएलान । नेपालमा प्याज खेतीमा व्यावसायीकरण नभएर प्याजको भाउ महँगो हुन्छ ।
वर्तमान समयमा कोरोना (कोभिड–१९) को विपत्तिमा भने कृषकले उत्पादन गरेका उत्पादित वस्तुहरुले बजार नपाउदा कृषकलाई चिन्तित बनायो । अर्को तिर भने उपभोक्तालाई भने उत्पदित वस्नु उपाभोग गर्न नपाउदा हाहाकार भयो । कतिका उत्पादित वस्नुहरु कुहिएर खेर गए । केहि वस्तुले राम्रो बजार पाए । कोरोना (कोभिड–१९) जवसम्म नियन्त्रण हुन सक्दैन तव सम्म कृषि क्षेत्रमात्र नभई सम्पूर्ण क्षेत्रलाई तहसनहस हुने अनुमान सजिलै गर्न सकिन्छ । कोभिड–१९ को सबैभन्दा बढी असर भनेकै श्रमजिवी रोजगारीको हो । रोजगारको सिलसिलामा विदेश गएका नेपालीहरुको नेपाल फर्किदाको पनि पिडा उस्तै रहेको छ । तर विदेशबाट फर्किएका नेपाली युवाहरुले कृषिमा जोड दिदा जनसक्तिको अभाव र सुविधाको अभाबमा यस क्षेत्रको विकासमा निकै चुनौती देखिन्छ ।

उन्नत कृषि प्रविधिको उपयोग सीमित छ । यसरी कृषिजन्य वस्तुको आयातमा रासायनिक मल, सिँचाई, उत्पादन सामाग्री आदिको अपर्याप्तताले गर्दा ठूलो परिमाणमा उत्पादन हुन नसक्नु र उत्पादित कृषि वस्तुहरुको बजारीकरणको अभाव हुनुले कृषि उपजको आयात बढेको हो । कृषियोग्य जमिन प्लटिङ्ग गरी गैरकृषि उत्पादनमा प्रयोग भएकाले पनि उत्पादन वृद्धि हुन नसकेको हो जसले गर्दा आयातमा निर्भर हुनुपरेको हो । कृषि व्यवसाय परम्परागत रुपमा संचालन हुनुले पनि आयात बढेको हो । व्यापार घाटा कम गर्न मुख्यतः आयात प्रतिस्थापनमा जोड दिनु पर्छ ।

कृषि क्षेत्रको विभिन्न व्यवसायमा लागेका कृषकलाई त सम्वन्धित निकायले समयमा ध्यान दिन नसकेको अवस्थामा विदेशबाट फर्किएका नागरिलाई कृषिमा लाग्न र लगानी गर्न अझै समस्या हुन सक्छ । देशको कुल जनसंख्याको करिब ६६ प्रतिशत भन्दा बढी मानिसहरुले यसै कृषि क्षेत्रमा रोजगारीमा रहेका छन । तर (कोभिड–१९).को प्रत्यक्ष प्रभावले धेरै कृषकहरुको आम्दानीमा ठुलो धक्का परेको छ । कुनै समयमा कृषिको महत्व नवुझेकालाई अहिलेको समयले कृषिको महत्व वुझ्न सिकाएको छ । गाँउको जमिन बेचेर शहर पसेका नागरिकलाई यस्ता परिस्थितीमा पछुताउने बाहेक अन्य उपाय हुन सक्दैन ।
कृषि सडक विस्तार
कृषि क्षेत्रको विकास र कृषि उत्पादित वस्तु निकासको लागि सडक विस्तारको आवश्यकता नितान्त रहेको छ । हाल नेपालको विभिन्न ठाँउहरुमा यस्ता कृषि सडकको विकास भैरहेको छ । कुनै ठाँउका कृषकहरु आफुले उत्पादन गरेका कृषि वस्तु गाडिमार्फत बजार सम्म सहजै पु¥याउने गरेका छन । ग्रामिण वस्तीका कृषकहरु भने आफैले बोकेर बजार सम्म कृषि उत्पादित वस्तु पु¥याउदा समेत बजार पाउन सकेका छैनन । मुल्य पाएपनि भने जति मुल्य नपाएर सस्तोमा विक्री गर्नु परेको छ । अहिले कृषि सडकको विस्तारले कृषक समूहहरु गठन भई व्यवसायीक तरकारी उत्पादन गरिरहेका छन् । जसले गर्दा कृषकले उत्पादन गरेका उत्पादित वस्तुलाई लिन गाडि कृषक कहाँ पुग्ने गरेका छन । यती मात्र नभई कृषि सडकले ग्रामिण पर्यटनको विकास हुने गर्दछ । कृषि क्षेत्रका विभिन्न कृषि फम, व्यवसायहरुको अवलोकन गर्न र रमाईलो गर्न पनि पर्यटक आउने गर्दछन् । नेपालमा पनि यस्ता अध्ययन र भ्रमणको लागि धेरै ठाँउहरु रहेका छन् ।

चिस्यान केन्द्र स्थापना
व्यवसायीक रुपमा उत्पादित कृषि उत्पादित वस्तुहरु बजारमा चाहिने भन्दा बढी उत्पादन भएमा कुहिने वा खेर जाने डर हुन्छ । ती कृषि उत्पादित वस्तुहरु खेर नफाल्नको लागि र ताजापनलाई जस्ताको तेस्तै राख्नको लागि चिस्यान केन्द्र स्थापनाको जरुरी छ । नेपालका कतिपय स्थानमा चिस्यान केन्द्रको अभावमा कृषकका उत्पादन खेर जाने, कुहिने गर्दछ । त्यस्तै कतिपय ठाँउहरुमा कृषि वस्तु अत्याधिक महंगो र कतिपय ठाँउमा सस्तो हुने गर्दछ । चिस्यान केन्द्रको स्थापना भएपनि कतिपय कृषकले आफ्नो उत्पादित वस्तुले उचित मूल्य पाएका छैनन् । बजारमा विक्रि नहुने सम्भावना रहेको वेलामा चिस्यान केन्द्रमा राखेर आवश्यक परेको वेलामा वेच्न सकिन्छ । कृषक एक्लैले पनि चिस्यान केन्द्र स्थापना गर्न सक्दैन । कुनै सहकारी वा समुहहरु र अनुदानको सहयोगमा यस्ता चिस्यान केन्द्रको स्थापना हुने गरेका छन् । धेरै जसो तरकारी र अन्य बालीहरुको विउहरु खुल्ला रुपमा राख्नुको साटो लामो समयसम्म रहनको लागि पनि अहिलेको समयमा चिस्यान केन्द्रको आवश्यक रहेको छ ।