घोडाघोडीले तीन बर्षसम्म पनी भवन निर्माण गर्न सकेन

भाडामा मात्रै वार्षिक ९ लाख बढीकोे खर्च


कैलाली, १२ असोज । स्थानीय तहकोे निर्वाचन भएको तिन बर्ष बितिसक्दा पनि कैलालीको घोडाघोडी नगरपालिकाले आफ्नै भवन निर्माण गर्न सकेको छैन । आफ्नो भवन नहुँदा भाडा बाफत मात्रै वार्षिक ९ लाख बढी रकम खर्च भएको छ । १२ वटा वडा रहेको नगरपालिकाकामा ८ वटा वडा कार्यालय भाडाकै भवनमा सञ्चालन भइरहेका छन् ।
बर्सौ देखि साडेपानीमा सरकारी भवनमा रहेको नगरपालिकालाई मेयर भए लगत्तै ममता प्रसाद चौधरीले नै भाडाको घरमा सार्नुभएको थियो । विगतमा रहेको घोडाघोडी नगरपालिका २ साडेपानीमा हाल वडा नम्बर २ र ६ को कार्यालय रहेको छ ।
घरधनी सँग पहिलो बर्ष २५ हजार मासिक तिर्ने सहमति भयो नगरपालिका स्रोतले बाताएको छ । ‘त्यसको दोस्रो बर्ष पनि सोही सम्झौतामै रह्यो । तेस्रो बर्ष मासिक भाडा मात्रै ७५ हजार ५ सय पर्ने गाएको ’स्रोतले भन्यो ।
२ तला २५ हजारमा सम्झौता गरेको नगरपालिकाले माथिल्लो तला थप्दा थप ५० हजार रुपैयाँ बढि तिरिरहेको छ ।
‘टेलिफोन,खानेपानी पनि जोड्दा मासिक खर्च डेढ लाख माथि भइरहेको छ ’स्रोतले थप्यो ‘वडा कार्यालयहरू पनि भाडाकै भरमा छन् । मासिक हाम्रो खर्च २ लाखको हाराहारीमा छ ।
नगरप्रमुखले हतारमा नगरपालिकाको कार्यालय सारे पनि तिन बर्ष सम्म नगरपालिकाको भवन बन्न नसक्दा ठूलो रकम घर भाडामा मात्रै गइरहेको आरोप लाग्न थालेको छ ।
नगरपालिकाका १२ वटा वडा मध्ये ८ वटा वडा भाडाकै भवनबाट सञ्चालन भैरहेका छन् । जनप्रतिनिधि र कर्मचारीहरूले चासो नदिँदा जनताले बुझाइरहेको करको रकम बाट लाखौँ रकम भाडामै खर्च भइरहेको सरोकारवालाहरूको गुनासो छ ।

जनप्रतिनिधिको बेवास्ताका कारण तिन बर्ष बित्दा पनि नगरपालिकाको भवन निर्माण गर्न नसकेको घोडाघोडी बहुमुखि क्याम्पसका पूर्व क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयोे, ‘अन्य स्थानीय तहले आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेका छन् । तर, यहाँ भने तिन बर्ष सम्म पनि भाडा तिरिरहनु परेको छ । नगरपालिका जनप्रतिनिधि र कर्मचारीको इच्छा शक्ती नभएका कारण समस्या भएको हो ।
नगरपालिकाले आफ्नै भवन निर्माण गरी नागरिकहरूलाई सेवा प्रदान गर्नुपर्ने घोडाघोडी उद्योग वाणिज्य सङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष होम प्रसाद आचार्यले बताउनुभयो । उहाँले भन्नुभयोे, ‘जनताले तिरेको करबाट सङ्कलित रकम यसरी नगरपालिकाले उडाउनु राम्रो हैन । नगरपालिकाले चाहेको भए आज सम्म आफ्नै भवन बनाइसक्थ्यो । तर, त्यसो भएन ।
भाडाको भवनमा नगरपालिका र वडाहरू सञ्चालन हुँदा लाखौँ रकम फजुल खर्च मात्रै भइरहेको छैन । काम कारबाही पनि प्रभावित बनेका स्वयम जनप्रतिनिधिले नै बताउँछ ।
यद्यपि नगरपालिकाको आफ्नै भवन निर्माणाधीन अवस्थामा रहेको मेयर ममता प्रसाद चौधरीले बताए । उनले भने, ‘८ वटा वडा कार्यालयको र नगर कार्यपालिकाको भवन निर्माणाधीन क्रममा छन । आगामी असोज सम्ममा सञ्चालनमा आउँछ ।’
नगरपालिकाको र सबै वडाको भाडाको भवनको मात्रै मासिक २ लाखको हाराहारीमा खर्च आउने गरिएको उनि आफैले स्वीकार गरेका छन् । ‘ बर्सेनि भाडा रकम बढ्दै छ । अव हामीले आफ्नै भवन बनाउनुको विकल्प छैन’ उनले भने, ‘त्यसअनुसार काम पनि भइरहेको छ । तोकिएकै समयमा काम सम्पन्न हुन्छ ।’पालिका न्युजबाट