साना किसान कृषि सहकारी संस्थाकाे शेयर सदस्यलाई व्याजमा राहत


सुर्खेत । साना किसान कृषि सहकारी संस्था लि. साटाखानी लेकवेशी–९ सुर्खेतले विभिन्न क्षेत्र वर्गिकरण गर्दै सहुलियतपूर्ण ऋणको व्याजदर घोषणा गरेको छ ।
कोभिड–१९ को चरम संकटमा परेका र आफ्नो गाउँ ठाउँमा केही गर्न चाहने आफ्ना सेयर सदस्यहरुलाई राहत घोषणा गरिएको सहकारीका प्रवन्धक हरि प्रशाद पौडेलले जानकारी दिए । कर्णाली प्रदेशमै पहिलो पटक एक सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरुलाई आर्यआर्जन र उत्पादनमा जोड्ने उद्देश्यले ऋणको व्याजमा भारी छुट घोषणा गरेको हो । कर्णालीका सहकारी सस्थाहरुले सेयर सदस्यबाट कोरोना र लकडाउनमा व्याज हर्जना सतप्रतिशत असुलिरहेको गुनासो आएको बेला एक सहकारीले बैक बराबरको व्याज छुटमा कर्जा दिने घोषणा गरिएको प्रवन्धक पौडेलको भनाई रहेको छ ।
२०७७ कार्तिक १ गतेदेखि लागु हुने गरी नयाँ व्याजदर घोषणा गरिएको छ । यस अघि १५ प्रतिशतमा ऋण लगानी गर्दै आएको सहकारीले लघुकर्जामा व्याज १३.५५ प्रतिशत, आकस्मिक ऋणको व्याज १२ प्रतिशत, मासुजन्य–दुधजन्य–तरकारीजन्यमा ९ प्रतिशत, स्वालम्बन कर्जा व्याज १० प्रतिशतमा दिने घोषणा गरिएको छ ।
त्यसैगरी निक्षेपतर्फ महिला पेवा बचत ११ प्रतिशत, जेष्ठ सदस्य बचत १० प्रतिशत, आवधिक बचत १० प्रतिशत, बाल बचत ९ प्रतिशत, समूह बचत ८ प्रतिशत, ग्रा.सु. बचत ७ प्रतिशत, एच्छिक बचत ६ प्रतिशत व्याज बचतकर्ता सेयर सदस्यहरुलाई दिने जनाइएको छ । सहकारी ऐन २०७४ दफा ३२ उपदफा १ अनुसार २०७७ असोज मसान्तसम्म एक स्थानीय तहमा एक प्रकृतिको एउटामात्र सहकारीमा आबद्द हुनुपर्ने कानूनि प्राव्धान भएकाले आफ्ना सेयर सदस्यहरुलाई सहकारी रोज्ने अधिकार र दायित्व रहेको जनाइएको छ ।
कोरोना भाइरसले बैंक तथा वित्तिय संस्थाको व्याजदर ओलारो लागिरहेको बेला लेकबेशी नगरपालिका वडा नं. ९ साटाखानीमा कार्यालय रहेको सहकारीले बैंककै हाराहारीमा व्याज घोषणा गरेको हो ।