संक्रमितको संख्या एक लाख नाघ्यो, ६ सय जनाको मृत्यु


काठमाडौं ।
शुक्रबारसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ भने संक्रमणबाट ६ सय जनाको मृत्यु भएको छ । शुक्रबार देशभरबाट २ हजार ५९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हाल २७ हजार ५३ जना सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमितमध्ये ७३ हजार २३ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लोतीन महिनायता सबैभन्दा बढी असोज महिनामा २३ दिनको अवधिमा ४१ हजार १ सय ३ जना संक्रमित थपिएकामा २ सय १७ जनाको मृत्यु भएको छ । हालसम्म ११ लाख ४५ हजार २ सय ३७ जनाको कोरोना परीक्षण गरिएको छ ।