काेराेना संक्रमणको मध्यनजर गर्दै धनन्जयको १४ औँ साधारण सभा सम्पन्न


सुर्खेत, २४ असोज ।
कोरोना भाईरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै धनन्जय बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर, सुर्खेतको १४ औं बार्षिक साधारणसभा सम्पन्न गरिएको छ ।
शुक्राबार र शनिवार गरी भौतिक दुरी कायम हुने सुरक्षित उपाय अपनाई गरिएको साधारण सभामा करिव ३ करोडको बरावरको आर्थिक करोवारोको बजेट प्रस्तुत गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष भलाराम पंगालीले संस्थाको शेयर पूजी ५६ लाख ५९ हजार रहेको जानकारी दिनुभयो ।
बिज्ञ टोली गठन गठन गरि बहुउद्देशिय काम गर्ने योजना रहेको संस्थाका अध्यक्ष भलाराम पंगालीले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष भलाराम पंगालीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संरक्षक सल्लाहकार कृष्णप्रसाद पंगेनीको प्रमुख आतिथ्य र विशेष अतिथिहरुमा प्रदेश आयुर्वेद अस्पतालका प्रमुख डा. शंकर रिजाल, युनियन लाईफ ईन्स्योरेन्स कं. लि. सुर्खेत शाखाका शाखा प्रवन्धक दिनेश पंगाली र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ, का केन्द्रीय सहकोषाध्यक्ष श्री कमल नेपाल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा नयाँ प्रवेशी डाक्टर, चाटर्ड एकाउन्टेन्ट, मेनेजर, ईन्जिनियर लगायतका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । सभा २०७७ असोज २४ गते शनिवार बन्दसत्र गर्दै विभिन्न शेयर सदस्य केन्द्रीकृत गर्दै “धनन्जयको भविष्य, व्यवसायिक र समृद्ध सदस्य“ भन्ने मुल नाराका साथ सम्पन्न दुई दिने उक्त कार्यक्रमको संचालन संस्थाका सचिव देवेन्द्र शर्माले गर्नु भएको थियो ।