सुर्खेतमा कोरोना संक्रमित महिलाको मृत्यु

कर्णालीमा मृतकको संख्या ११ पुग्याे

सुर्खेत । कोरोना संक्रमणबाट सुर्खेतमा एक महिलाको मृत्यु भएको छ । यो संगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
सुर्खेत वीरेन्द्रनगर–१० की ७६ वर्षीय महिलाको उपचारको क्रममा आईतवार विहान १० बजेतिर मृत्यु भएको हो ।
कोरोना संक्रमित महिला दमसँगै पेटबाट रगत बग्ने समस्या देखिएपछि कोरोना विशेष अस्पतालमा यही असोज २१ गते भर्ना गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।
ति महिलाको उपचारकै क्रममा मृत्यु भएको कंडेलको भनाई छ ।