जनप्रतिनिधी र कर्मचारीमा कोरोना देखिएपछी चिङ्गाड गाउँपालिकाको सेवा बन्द

सुर्खेत, २९ असोज ।
जनप्रतीनिधी तथा स्वास्थ्यका कर्मचारीमा कोरोना पोजेटिभ भएपछी गाउँपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा दुई दिनको लागी बन्द गरिएको छ ।
चिङ्गाड गाउँपालिका सुर्खेतका उपाध्यक्ष मनमाया आचार्य र अवल्चीङ्ग स्वास्थ्य चौकीका एकजना अहेबलाई लाई कोरोना संक्रमण पुष्टी भए पछी गाउँपालिकाले एक सुचना जारी गर्दै असोज २९ र ३० गते कार्यलय बन्द गरिएको जानकारी दिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धु्रव प्रशाद देवकोटाले एक सुचना जारी गर्दै यस्तो जानकारी दिएका हुन । कार्यालय बन्द हुदाँ सेवाग्रहीमा पर्न गएको असुविधा प्रती गाउँपालिकाले क्षमायाचना समेत गरेको छ ।