साना किसान कृषि सहकारी संस्था भेरीगंगाको साधारणसभा सम्पन्न

सुर्खेत । साना किसान कृषि सहकारी संस्था लिमिटेड भेरीगंगाको दशौँ साधारणसभा सम्पन्न भएको छ ।
कोरोना संक्रमण फैलिरहेको अवस्थामा सुरक्षाको उपायहरु अपनाउँदै बिहिवार भेरिगंगा नगरपालिका वडा नम्वर १२ छिन्चु सुर्खेतमा रहेको संस्थाकोे दसौं बार्षिक साधरण सम्पन्न गरएको हो । आठ सय १९ जना शेयर सदस्यहरु रहेको संस्थाको कुल कारोबारो ३ करोड ९४ लाख ६८ हजार ४ सय ८२ रहेको संस्थाका अध्यक्ष ज्ञानु भुषालले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश सभा सदस्य अमृता साहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भेरीगंगा नगरपालिका उप प्रमुख रेणु आचार्य लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।