मेहेलकुना अस्पतालमा सल्यक्रीया सेवा सुरु

सुर्खेत । पूर्वी सुर्खेतको मेहेलकुना अस्पतालमा सल्यक्रीया सेवा सुरु भएको छ । शुक्रबार एक कार्यक्रम समारोह विच कर्णाली प्रदेश सामाजिक विकास मन्त्री दल रावलले उक्त भवनको उद्धाटन गर्नुभएको हो । लामो समय पश्चात अस्पतालमा सल्यक्रिया सेवा हुन नसकेका कारण गुर्भाकोट लगाएत जाजारकोट, सल्यानका विरामी नेपालगञ्ज, वीरेन्द्रनगर लगाएत अन्य अस्पतालमा जाने गरेका थिए । अब भने यहाँका वासिन्दाहरुले केहि सेवा सुविधा महसुस गरेका छन् ।


कार्यक्रममा बोल्दै मन्त्री रावलले यस क्षेत्रमा सल्यक्रियाको सेवा प्रभावित भएको भन्दै पछिल्लो समयमा अस्पतालमा रहेका समस्या समाधान सहजै हुने बताउनु भएको छ । पछिल्लो समयमा विरामीको उपचारमा चिकित्सकको लापरवाही भएको भन्दै यस्ता गुनासो प्रदेश सरकार समक्ष आएमा चिकित्सकलाई कारबाही हुन सक्ने समेत मन्त्री रावलले बताउनु भयो ।
यस्तै कर्णाली प्रदेश स्वास्थ्य क्षेत्रमा पछि रहेको कारण पछिल्लो समयमा स्वास्थ्य क्षेत्रमा विकास भएको दावी उहाँले समेत गर्नुभयो । उहाँले भन्नुभयो ‘स्वास्थ्य क्षेत्रमा समस्या र आवश्यक भए वजेटको समस्या छैन र चिन्ता मान्नु पर्दैन’ अस्पतालमा रहेको एम्वुलेन्स सेवाको लागी बजेट छुट्याइएको छ ।
यस्तै अस्पताल व्यवस्थापन समितीका अध्यक्ष मान बहादुर खत्रीले अस्पतालमा आपतकालिन सेवा भवन र उपकरणको आवश्यक रहेकाले यसको समाधान गर्न मन्त्री रावलसंग आग्रह गर्नुभयो ।
कर्णाली प्रदेश अस्पतालमा सेवा गर्दै आउनुभएका मेडिकल सुपरिडेन्ट, कन्सल्टेन्ट जेनेरल सर्जन डा. सुजन सापकोटालले मेहेलकुनामा सेवा दिनुहुने भएको हो । उहाँको अनुसार हाईड्रोसिल, हर्निया, फिस्टुला, पत्थरी, हाडजोर्नी आदीको सल्यक्रिया हुने बताउनुभयो ।
पचास शैयाको अस्पतालमा पन्ध्र शैयामा सञ्चालन हुन पनि गाह्रो भएको छ । यस कारण अस्पतालमा विभिन्न गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नको लागि आवश्यक भौतिक पूर्वधार अपर्याप्त रहेकाले निर्माणाधिन भवन समयमै सम्पन्न गर्न र आवश्यक एम्बुलेन्सको व्यवस्था मिलाउन मन्त्री रावलसंग अग्रह गर्नुभयो ।