वीरेन्द्रनगरमा तरकारी टनेलको अनुगमन


सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका चार वटा वडामा बितरण गरीएको तरकारी टनेलको अनुगमन गरीएको छ ।
कोरोना महामारी गर्दा बेरोजगार बनेका युवा हरुलाई कृषीमा आत्मनिर्भर बनाउनको लागी वीरेन्द्रनगरका चार वटा वडामा तरकारी टनेलको बितरण गरीएको थियो । अन्तर निर्भर समाज सुर्खेत तथा युएनडिपी को साझेदारीमा बिरेन्द्रनगरका चार वटा वडा १, १०, ११ र १२ टनेल बितरण गरीएको थियो ।
बिरेन्द्रनगर को १ नम्मर वडाको आपखोलि टोलमा बितरण गरीएको तरकारी टनेलको आज अनुगमन गरीएको हो । हल १ नम्मर वडामा १९ वटा तरकारीका र ५ वटा च्याउका टनेल रहेका अन्तर निर्भर समाज सुर्खेतका कार्यकारी निर्देशक बिवेक शाहिले बताउनुभयो । खास गरी कोरोना माहामरीले गर्दा बेरोजगार बनेका युवा हरुलाई आत्मनिर्भर बनाउने उद्घेश्यले यस्ता कसीमको कार्यक्रम गरीएको उहाको भनाई छ ।
आफ्नो वडामा पहिलेको तुलनामा अहिले कृषीमा परिर्वतन भएको देख्दा आफुलाई खुसी लागेको बिरेन्द्रनगरको १ का स्थानिय कृषक जित बहादु मंराथीले बताउनुभयो । टोलमा कृषीमा ज्ञान भएका मान्छे नभएकोले कृषीमा सोचेजस्तो प्रगति हुन नसकेको उहाले बताउनुभयो । कृषकलाई नयाँ तरीकाले कृषी गर्नकोलागी बिभीन्न ज्ञान तथा सीपको अवश्यत्ता रहेको उहाँको भनाई छ ।
अन्तर निर्भर समाज सुर्खेत तथा युएनडिपी संग संगै स्थानिय जनप्रतिनिधीले महत्वपुर्ण ठाँउमानै यस्तो कार्यक्रमल्याएको भन्दै बिरेन्द्रनगर नगरपालिकाका नगर प्रमखु देब कुमार सुबेदिले धन्यवाद ब्यक्त गर्नुभयो । यसमा महत्वपुर्ण,दिर्घजिवि तथा देख्नलायक नमुना योग्य काम भएकाले नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने समेत नगर प्रमुख सुबेदिले प्रतिबद्वता समेत ब्यक्त गर्नुभयो । गरिब तथा बिपन्न वर्गको बसोबास भएको क्षेत्रमा यस्तो कार्यक्र ल्याउनु सम्मान जनक रहेको नगर प्रमुख सुबेदिले बताउनुभयो । तरकारी खेति बाट राम्रै आम्दानी हुने भएपछि त्यहाँका किसान तरकारी खेतीमा आकर्षित भएका छन् । अधिकांश किसानको आकर्षण बेमौसमी तरकारी खेतीमा छ । प्लास्टिक टनेलमा तरकारी खेती गर्न थालेपछि उत्पादन पनि बढ्दै गएको छ ।