वीरेन्द्रनगरमा बजारमा नियम विपरीत खाद्य पसलहरू सञ्चालन

सुर्खेत । वीरेन्द्रनगरमा बजारमा नियमविपरीत खाद्य पसलहरू सञ्चालन भएको पाइएको छ । नगर बजार अनुगमन समिति सुर्खेतले आइतबार नगरभित्रका पाँच वटा ठूला खाद्य स्टोरको अनुगमन गर्दा चार वटा नियमविपरीत सञ्चालन गरेको पाइएको हो ।
वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश प्रकाश पौडेलको नेतृत्वमा गएको बजार अनुगमन टोलीले सुर्खेत खाद्य तथा जनरल स्टोर्स वीरेन्द्रनगर ६, गंगामाला खाद्य स्टोर्स, प्रकाश जनरल स्टोर्स, वीरेन्द्रनगर ३ ऐरीचौकमा रहेको एम्.पी सप्लायर्स र वीरेन्द्रनगर २ मा रहेको ज्याक किराना पसलमा अनुगमन गरेको हो ।
ज्याक किराना पसलमा सबै प्रमाणपत्र र मूल्यसूची रहेको भए पनि अन्य चारवटा पसल भने नियमविपरीत सञ्चालन भएको पौडेलले जानकारी दिए ।
उनका अनुसार सुर्खेत खाद्य तथा जनरल स्टोर्समा नापतौल नवीकरण नभएकार्ले पाँच हजार रुपैयाँ जरिवाना तिराइएको छ । त्यस्तै, गंगामाला खाद्य स्टोर्समा व्यवसाय दर्ता नभएको, प्रकास जनरल स्टोर्समा मूल्यसूची टाँस नभएको र व्यवसाय दर्तासमेत नभएको पाइएको हो ।
त्यस्तै एम्.पी सप्लायर्समा समेत व्यवसाय दर्ता नभएको, नामतौल नविकरण नगरेको पाइएको पौडेलले बताए । नियमितविपरित खाद्य स्टोर्स सञ्चालन गर्नेहरुलाई अनुगमन गरी पाँचहजार रुपैयाँ जरिवाना काटी तीदिन भित्रमा सम्पूर्ण प्रक्रिया पूरा गर्न सुझाएको उनले बताए ।
व्यवसाय सञ्चालन गर्नुपूर्व मूल्यसूची टाँस भएको, साइनबोर्ड भएको, व्यवसाय दर्ता र नवीकरण भएको, नापतौल सामग्री भएको, लेबल, म्याद ननाघेको सामग्री, स्थायी लेखा नंरभ्याट दर्ता, विक्री बिल दिने प्रक्रिया, खाद्य अनुज्ञापत्र भएको, ऐन बमोजिम उत्पादनक तथा विक्रेताले पालन गर्नुपर्ने कुरा पालन गरेको हुनुपर्ने पौडेलले बताए ।
उनले बजारका करिब १ सय बढी खाद्य स्टोर्सहरुलाई सचेतनाका लागि पर्चासमेत वितरण गरेको जानकारी दिए । नियमतविपरीत व्यवसाय सञ्चालन गर्नेहरुलाई वीरेन्द्रनगर नगरपालिकाबाट जारी बजार व्यवस्थापन, अनुगमन तथा उपभोक्ता हित संरक्षण ऐन २०७६ बमोजिम पाँच हजारदेखि तीन लाखसम्म जरिवाना र उपभोक्ता संरक्षण ऐन २०५४ लगाएत प्रचलित कानुन बमोजिम कैद समते हुनसक्ने पौडेलले बताए ।