दुर्घटनामा परि तीन जनाको मृत्यु

सुर्खेत ।
मंगलबार दैलेखको गुराँस गाउँपालिका वडा नम्बर २ मा छुट्टा छुट्टै दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठका अनुसार गुराँस गाउँपालिका वडा नम्बर २ को तल्लो डुङ्गेश्वरबाट सोही वडाको जिरो प्वइन्ट तर्फ जाँदै गरेको बा ४ ख ६७७१ नम्बरको टिप्पर गुराँस गाउँपालिका–२ बान्द्रेमा सडकबाट अन्दाजी नौ सय मिटर तल खस्दा दुई जनाको मृत्यु भएको हो भने, एक जना घाइते भएका छन ।
श्रेष्ठका अनुसार मृत्यु हुनेमा नुवाकोट जिल्ला पकनी गाउँपालिका वडा नम्बर ७ निवासी रविन तामाङ्ग र मिलन तामाङ्ग रहेका छन भने घाइतेको सनाखत हुन सकेको छैन, घाइतेलाई उपचारकोलागि सुर्खेत स्थित माया नर्सिङ्ग होममा पठाईएको छ ।
यस्तै मंगलबारनै सुर्खेतबाट दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको जुम्बुकाँध तर्फ जाँदै गरेको ना ३ ख ५५१९ नम्बरको बस गुराँस गाउँपालिका वडा नम्बर २ को तल्लो डुङ्गेश्वर बजार नजिकै दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वीरेन्द्रनगर १ का ४० बर्षीय चालक ललित नेपाली रहेको डिएपी श्रेष्ठले जनाकारी दिए ।
डिएसपी श्रेष्ठका अनुसार बस ब्रेक फेल भएर दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । ।