घरायसी विवादमा ८५ वर्षिय आफ्नै आमाको घाँटी थिचि हत्या


सिराहा ।
कर्जन्हा नगरपालिका सिरहामा ४७ वर्षिय आफ्नै छोरा राम अवतार साह सोनारले घरायसी विवादमा ८५ वर्षिय आफ्नै आमा सुदामा देवी साहको घाँटी थिचि हत्या गरेका छन ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षिक शालिग्राम शर्माका अनुसार छोराले घाँटी थिचेर गम्भिर घाईते बनेकी सुदामाको जिल्ला अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो ।

उनका अनुसार अवतारलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुन्धान भईरहेको छ ।