आइतबारदेखी सरकारी तथा संस्थागत विद्यालयहरु सञ्चालनमा आउने


सुर्खेत ।
लेकवेशी नगरपालिका सुर्खेतमा रहेका सम्पूर्ण सरकारी तथा संस्थागत विद्यालयहरु आइतबार (आज) देखी सञ्चालमा आउने भएका छन ।
विश्वभर महामारीको रुप लिएर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारले गर्दा २०७६ साल चैत्र महिना देखी देखी रोकिएको पठन पाठन सञ्चालको लागि २०७७ साल कार्तिक १६ गते देखि नगरपालिका मातहतमा रहेका सम्पूर्ण सरकारी तथा संस्थागत विद्यालयहरु सञ्चालनमा आउने भएका हुन ।
गत कार्तिक १२ गते बिहिबार बसेको लेकवेशी नगरपालिकाको ९० औँ बैठकबाट पारित भएको मापदण्डका आधारमा कार्तिक १३ गते गरिएको निर्णय अनुसार सिकाई सहजीकरण निर्देशिका २०७७ को बुदा ३३ को उप बुदा (२) बमोजिम विद्यालयहरु सञ्चालनमा आउने भएका हुन ।