कोरोना संक्रमितलाई डेकको सहयोग


सुर्खेत, १९ कात्तिक ।
कोरोना पोजेटिभ देखिई निको भईसकेका केही व्यक्तिलाई बुधबार सहयोग गरिएको छ । युकेएआइडी को आर्थिक सअयोग एचआई र बाराक इन्टरनेशनलको सहकार्यमा अपांग शसक्तिकण केन्द्र डेक सुर्खेतद्धारा अपांगता समाबेशी कोभिड १९ प्रतिकार्य परियोजना अन्र्तगत उनीहरुलाई सहयोग हस्तान्तरण गरिएको हो ।
कोरोना पोजेटिभ देखईि १४ दिन आसोलिसेनमा बसी निको भएका चार जनालाई खाद्यान्न, स्वास्थ्य सामाग्री फलफूल हस्तान्तरण गरिएको डेक सुर्खेतका परियोजना संयोजक दुर्गा गाहाले जानकारी दिइन् ।
वीरेन्द्रनगर वडा न ९ का दल बहादुर थापा, वडा न ५ का धर्मराज गौली, वडा न ५ का टिकाराम खत्री, वडा न ४ का खिम कुमारी रजवार गरी चार जनालाई सामाग्री हस्तान्तरण गरिएको थियो । सामाग्री हस्तान्तरण कार्यक्रममा सम्बन्धित टोलका वडा सदस्य, टोलबिकास अध्यक्ष, अपांगता समुहमा अध्यक्ष, अपांगता शसक्तिकरण केन्द्रका अध्यक्ष बिष्णु भट्टराई, डेक सुर्खेतका कार्यक्रम संयोजक दुर्गा गाहा, नगरपालिका प्रतिनिधि लगायतको उपस्थीति रहेको थियो ।