कर्णालीका क्वारेन्टाईन हटाइदै, सामग्रीहरु नेपाली सेनाले जिम्मा लिने


सुर्खेत । कर्णाली प्रदेश सरकारले भने सबै क्वारेन्टाइन हाउने भएको छ । बुधबार बसेको कर्णाली प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकले प्रदेशका सबै क्वारेन्टाइन हटाउने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले कर्णालीका सबै क्वारेन्टाइन हटाउने निर्णय गरेको हो । क्वारेन्टीका सामग्रीहरु भने नेपाली सेनाले जिम्मा लिने र आवश्यक परेको खण्डमा उपयोगमा ल्याउने भको छ ।
प्रदेशभर आठसय ९१ वटा स्थानमा ४१ हजार नौँसय ५६ बेड संख्याका क्वारेन्टाइन छन् । बाहिर मुलुकबाट आउने नागरिकहरु कम हुँदै भन्दै कर्णालीका क्वारेन्टाइन हटाउने निर्णय गरिएको हो । क्वारेन्टाइनमा बस्ने नागरिकहरु कमी भएको भन्दै तत्काललाई सबै क्वारेन्टाइन हटाइने छ । तर आवश्यक परेको स्थानमा भने पुनः क्वारेन्टाइ निर्माण गरिने छ । आगामी दिनमा क्वारेन्टाइन आवश्यक पर्नेसक्ने भन्दै हाल क्वारेन्टाइका सम्पूर्ण सामाग्रीहरु नेपाली सेनालाई भण्डारण गर्ने जिम्मा दिने निर्णय गरेको हो ।
प्रदेशबाट क्वारेन्टाइन हटाइएपनि कोरोना संक्रमितको उपचारका लागि भने विशिष्ट सेवा विशेष जोड दिइने भएको हो । जटिल प्रकृतिका कोरोना संक्रमितको उपचारको लागि हरेक जिल्लामा आइसीयू र भेन्टिलेर सेवा गरिने भएको हो । कोरोना महामारीकै बीच कर्णालीका सबै जिल्ला अस्पतालमा आइसीयू र भेन्टिलेटर जडान गरिएको छ । यद्यपी सबै जिल्लाका भेन्टिलेटर र आइसीयू भने सञ्चालनमा आउन सकेका छैनन् । आइसीयू र भेन्टिलेटर सेवाका लागि अक्सिजन प्लान्ट र अक्सिजन रिफिल लगायतको सेवा सुविधा पु¥याउने र आवश्यकता अनुसार अस्पतालको स्तरोन्नती तथा विस्तार गरिने छ ।
त्यस्तै सुर्खेत, जुम्ला र रुकुमचौरजहारीका कोरोना विशेष अस्पतालको अध्ययन र देखिएका समस्या समाधानको लागि आवश्यक गृहकार्य गरिने छ । प्रदेशबाट क्वारेन्टाइन हटाइए पनि जनसंख्या र संक्रमित विरामीको चाप अनुसार जिल्लामा २५ देखि ५० वेडसम्मको आइसोलेसन तयारी अवस्थामा राखिने छ । कर्णाली प्रदेशभर हाल चारसय १२ स्थानमा एक हजार ६ सय ५१ बेड क्षमतका आइसोलेसनहरु छन् ।