पञ्चपुरी नगरपालिकाको भवन निर्माणकार्य ७० प्रतिशत सम्पन्न


 सुर्खेत । पञ्चपुरी नगरपालिकाको प्रशासनिक भवनको काम अन्तिम चरणमा पुगेको छ । पञ्चपुरी नगरपालिका ५ मा निर्माण सुरु भएको भवन हल सहित ४८ कोठा को निर्माण हुन लागेको हो । हाल सम्म नगरपालिकाको प्रशासनिक काम भाडाको घरमा संचालन हुँदै आएको छ । नगरपालिका का अन्य शाखाहरु सभाहल तथा पुराना कार्यालय बाट संचालन भएका छन । सभा हल बाट राजस्व, योजना, महिला बालबालिका,स्टोर, उद्योग, प्राबिधिक लगाएतका शाखाको काम संचालनमा रहेको छ । त्यसैगरी कृषि, पशु, स्वास्थ्य, शिक्षा शाखा हरु पुरानो भवनबाट संचालनमा आएका छन ।
२ बर्ष भित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको भवनमा नगरपालिकाले पनि निरन्तर अनुगमन गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर बुढाले बताउनुभयो । नागरिक हरुलाइ सेवा लिनको धेरै शाखाहरुमा जानुपर्ने बाध्यता को अन्त्य हुने नगरपालिका ले जनाएको छ ।
रोयल कन्ट्रक्सनले गत बर्षको माघ महिना बाट निर्माणको जिम्मा लिएको र अहिलेसम्म ७० प्रतिशत काम सम्पन्न भएको प्रोजेक्ट म्यानेजर तथा ईन्जिनियर बिकास रावलले जानकारी दिनुभएको छ । समयमै काम सम्पन्न गर्ने लक्ष्य लिएको कन्ट्रक्सनको कोरोना महामारीको समयमा केही ढिलाइ भए पनि अहिले निरन्तर काम संचालनमा रहेको छ ।

करिव ६ करोड को ठेक्का सम्झौता भएको भवनमा मार्बल टायल बिछ्याउने, बाहिरी भाग फिनिसङ्ग र रङ्गरोगन को काम मात्रै बाकि रहेको छ । निरन्तर काम संचालन भएमा आगामि बैशाख महिनामा उद्घाटन गर्न सकिने रावल को भनाइ छ । भवन संचालनमा आएपछि नागरिक लाई एउटै भवन बाट सेवा लिन थप सहज हुने भएको छ ।