मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु


सुर्खेत ।
बिहिबार साँझ मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
जिल्लाको वीरेन्द्रनगर नगरपालिका–११ धुल्याविटबाट वीरेन्द्रनगर बजार तर्फ जाँदै गरेको भे ३ प ८८९४ नम्बरको मोटरसाइकल वीरेन्द्रनगर नगरपालिका–११, पिपिरा नजिकै अनियन्त्रित भइ दुर्घटना हुदा एक जनाको मृत्यु भएको हो ।
बिहिबार साँझ करिब साडे सात बजेतिर दुर्घटनामा परि गम्भिर घाइते बनेका मोटर साइकलमा सवार लेकवेशी नगरपालिका वडा नम्बर–१० का सुरन ठाडाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा ९ः४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।