बजारमा छैनन् सयपत्री र मखमलीका माला, कृतिम मालाको कारोबार बढ्यो


युवराज पंगाली । सुर्खेत, २८ कात्तिक ।
वीरेन्द्रनगर बजारमा पनि तिहारको चहलपहल सुरु भएको छ । तिहार सुरु भएसँगै विभिन्न किसिमका प्लास्टिकका फूलमालाले वीरेन्द्रनगरलाई ढाकेको छ ।
पुरै बजार मालाले सिंगारिएका छन्, भने ब्यापारीले ग्राहकलाई आकर्षित गर्न पसलमा बिभीन्न कीसीमका मालाहरु सजाएर राखेका छन् ।
पछिल्लो समय सयपत्री र मखमलीको माला भन्दापनि प्लास्टिकका कृतिम मालाको कारोबार बढेको छ ।
केही बर्षयता देखि मखमली र सयपत्री फुलको अभाव भए पछि प्लास्टिक, कपडाको मालामा भारी बृद्धि भएको हो ।
अहिले तिहारलाई लक्षीत गरी ब्यपारीहरुले प्लास्टिकका माला भारतबाट ल्याएका छन् ।
तिहारलाई फूल बत्तिहरुको पर्व भनेर चिनिने गरेको भएपनि सुर्खेतमा प्रत्येक वर्ष लाखौँ रुपैंयाँको प्लास्टिकको फूल र मालाको कारोबार हुने गरेको छ ।

सुर्खेतका अधिकांश पसलहरुमा बाह्य देशबाट आयातित प्लास्टिकका फूलमाला विक्री गर्न राखिएको छ ।
वीरेन्द्रनगरका बजारका ब्यापारी मनोज कुमार थापाले बजारमा मखमली र सयपत्री फुल आउनै छाडे पछि केही बर्ष यता देखि प्लास्टिकका मालाहरु प्रति ग्राहक आकर्षित भएको बताए । पलास्टिककै माला बढी बिक्री हुने भएकाले आफुले भारतबाट माला ल्याएको थापाले बताए ।
कोरोना तथा लकडाउनको कारण अघिल्लो बर्ष भन्दा यस बर्ष मालाको मुल्यमा समेत बृद्धि भएको उहाँको भनाई ।
आफुले १०० रुपैया देखि १२०० रुपैयाँ मुल्य सम्मका माला बिक्रीका लागि राखेको उहाँले बताउनुभयो ।
अहिले धरैैजसा पसलमा माला किन्नेहरुको भीडभाड बढेको छ ।
गाउँघरका करेसावारी तथा अन्य ठाउँमा ढकमक्क फुल्ने सयपत्री फूल अहिले देखिन छाडेको छ ।
कृतिम फूलको प्रयोगले तिहारको महत्वसमेत घट्दै गएको स्थानीयले गुनासो गरेका छन् ।
यस्तै, तिहारमा भाडाकुडा, बिभिन्न रंग, ओकर लगायतको कारोवारमा समेत बृद्धि भएको ब्यपारीहरु बताउँछन् ।