बाख्रापालन समूहलाई शतप्रतिशत अनुदानमा बोयर बोका

युवराज पंगाली । सुर्खेत, २८ कात्तिक । सिम्ता गाउँपालिका वडा ६ रिठाबोटका किसानलाई शतप्रतिशन अनुदानमा वोयर वोका वितरण गरिएको छ । डाँफे बाख्रापालन समूह रिठाबोटका २५ घरधुरीलाई १२ वोका र बाख्रा पालनको लागि दाना खुवाउने भाडा,पशु चौपायाको औसधि,दाना पकाउने भाडा,घाँस खुवाउने टाट्नो,औसधि छिट्ने स्प्रे ट्यांकि लगाएतको सामग्री समेत हस्तान्तरण गरिएको छ ।
हेल्वटास परियोजनाको आर्थिक सहयोग र सिम्ता गाउँपालिकाको समन्वयमा किसानलाई वोयर ७५ पचास प्रतिशत वोयर वोका र बाख्रा पालनको लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ । वोयर वोका हस्तान्तरण कार्यक्रममा सिम्ता गाउँपालिका ६ रिठाबोट सुर्खेतमा सामुदायिक प्रजनन केन्द्रको उद्घाटनमा गाउँपालिका अध्यक्ष कबिन्द्र कुमार के.सि, उपाध्यक्ष चन्द्रकला शाही , ६ नं वडा अध्यक्ष राजेन्द्र सिंह, प्रयास नेपाल परियोजनाका भुवन जंग पुडासैनी,ललित सिंह ठकुरी,पशुशाखा प्रमुख डिलवहादुर पुन र सम्पुर्ण समुहका सदस्यहरूको उपस्थिति रहेको थियोे ।
उन्नत जातका वोका पाए पछि रिठावोट डाँफे बाख्रापालन समुहका कृषक खुसि वनेका थिए । सबैको सहयोग र हातेमालोबाट किसानको आए आर्जनमुखि क्षेत्रमा मात्रै काम गर्न पाए यहाँको उत्पादन र आयआर्जनमा टेवा पुग्ने अध्यक्ष केसिको भनाइ थियोे ।किसानलाई अब व्यवसायीमुख बन्न उहाँको विशेष जोड थियोे ।