सिम्ता गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य तिब्र


युवराज पंगाली  । सुर्खेत २८, कात्तिक । सिम्ता गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम धमाधम चलिरहको छ ।
गाउँपालिकाको प्रशासनिक भवन वडा नम्बर ६ को पात्चौरमा निर्माण हुदैँ गरेको छ । २०७८ बैशाख मसान्तसम्म सबै काम सम्पन्न हुन लक्ष्यका साथ काम भईरहेको छ ।
२ करोड ८५ लाखमा भ्याट वाहेक एसएस लक्ष्मण जेभि कन्ट्रक्सनले कम्पनीले टेण्डर पारेको थियोे ।
बिहीवार ४५ औं दिनमा पहिलो चरणको जग फाउन्डेसनको काम सकिएको छ । उपयुक्त समयमै गाउँपालिकाको प्रशासनिक भवनको काम सम्पन्न गरि हस्तान्तरण गरिने कम्पनीका लक्ष्मण पोख्रेलको भनाई रहेको छ । दुई सभाहल सहित ३० कोठा रहेको सिम्ता आकारको भवन आफ्नै पालामा निर्माण कार्य सम्पन्न गर्ने गाउँपालिका कविन्द्र अध्यक्ष केसिको भनाइ रहेको छ ।
सिम्ता नामकरण गरिएको भवन केसीको परिकल्पना वमोजिम डिजाइन गरिएको थियोे । ५ प्रतिशत पेश्कि ठेकेदारले लिएर कामको सकारात्मक सुरुवात गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत टोपवहादुर रानाको भनाइ रहेको छ । सिम्ता आकारको नामकरण भएको भवन बन्ने काम तिव्ररुपमा अघि वढेको छ ।