अपाङ्गता मैत्री सेवा प्रवाहका बिषयमा अभिमुखिकरण


सुर्खेत, १० मंसिर ।
सुर्खेतको भेरीगंगा नगरपालिकामा अपाङ्गता मैत्री सेवा प्रवाहका बिषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । भेरीगंगा नगरपालिका संगको समन्वयमा अपांग शसक्तिकरण केन्द्र सुर्खेतको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा युकेएआइडीको आर्थिक सहयोग, एचआई र बाराक इन्टरनेशनलको प्राविधिक सहयोग रहेको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, अपाङ्गता भएका व्यक्ति र परिवारका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वास्थ्यकर्मीहरुलाई र अपाङ्गता भएका व्यक्तिका परिवारलाई पिपिई, हाइजिन किट लगायत कोभिडबाट बच्नका लागि अत्याआबश्यक स्वास्थ्य सामाग्रीहरुपनि प्रदान गरिएको छ । कार्यक्रममा एचआईका प्रज्वल गिरीले सहजिकरण गर्नुभएको थियो । अभिमुखिकरण कार्यक्रम भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्र बहादुर चन्दको प्रमुख आथित्यतामा सम्पन्न भएको डेककी परियोजना संयोजक दुर्गा गाहाले जानकारी दिनुभयो ।