वीरेन्द्रनगरमा अपाङ्गता मैत्री सेवा प्रवाहका बिषयमा अभिमुखिकरण

सुर्खेत, १२ मंसिर ।
अपाङ्गता मैत्री सेवा प्रवाहका बिषयमा शुक्रबार वीेरेन्द्रनगरमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपालिका संगको समन्वय र अपाङ्ग शसक्तिकरण केन्द्रको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा युकेएआइडीको आर्थिक सहयोग तथा एचआई र ब्राक इन्टरनेशनलको प्राबिधिक सहयोग रहेको थियो ।
स्वास्थ्यकर्मी तथा अपाङ्गगता भएका व्यक्तिका परिवारहरुको सहभागिता रहेको कार्यक्रममा कोरोनाको जोखिमबाट बच्नका लागि पिपिई सेट, पर्सन हाइजिन किट, माक्स र ग्लब्स लगायतका स्वास्थ्य सामाग्रीहरु पनि प्रदान गरिएको थियो । नगर स्वास्थ्य इकाई प्रमुख पर्शुराम खड्काको प्रमुख आथित्यतामा भएको कार्यक्रममा हेण्डीक्याप इन्टरनेशनलले सहजिकरण रहेको डेक सुर्खेतका कार्यक्रम संयोजक दुर्गा गाहाले जानकारी दिनुभयो ।